कर्णाली प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउने तयारी गरेको छ । सोही ऐनको तयारी स्वरुप स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा बनेको विधेयक–२०८१ प्रदेश सभामा दर्ता गराइएको छ । सभामा दर्ता गराइएको विद्येयकका १३९ वटा दफा रहेका छन् । विधेयकको परिच्छेद–१ को ६ नम्बर बुँदामा कार्य विवरण र कार्य सम्पादन सम्बन्धी व्यवस्था गरिएको […]

२०८१ बैशाख २७ गते कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा हाजिर भएका अर्थसचिव विष्णुप्रसाद पौडेल १७ दिनमै फर्किएका छन् ।  ०७४ सालयता अर्थ मन्त्रालयमा १२ वटा सचिव फेरबदल भएका मध्य पौडेल सबैभन्दा कम समय कर्णालीमा बस्ने सचिव हुन् । पहिलो अर्थ सचिवका रूपमा आएका ढुण्डीप्रसाद निरौला ०७४ माघदेखि ०७६ वैशाख १२ गतेसम्म बसे ।सन्तबहादुर […]

लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक पदहरुका परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । आयोगको दुई दिनसम्म चलेको बिरेन्द्रनगर सुर्खेतमा चलेको चौथो राष्ट्रिय सम्मेलनले यस्तो निर्णय गरेको हो । १३ बुँदे निर्णयको पहिलो बुँदामा लेखिएको छ, लोक सेवा आयोगहरुबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक) का पाठ्यक्रममा […]

  प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि दरखास्त माग गरिएको हो । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आज जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ । दरखास्त फागुन १४ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर […]

कर्णाली प्रदेश सरकारद्धारा हालै जारी गरेर राजपत्रमा प्रकाशित भएका कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । सो ऐनको दफा ९ को व्यवस्था खारेजीको माग गर्दै अधिवक्ता मोहन साहशंकरले सर्वाेच्चमा रिट दायर गरेको हुन । ऐनको दफा ९ मा पदपूर्तिसम्बन्धि व्यवस्था गरिएको छ । जहाँ प्रदेश निजामती […]

कर्णाली प्रदेश सरकारले ल्याएको निजामती सेवा नियमावली गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरी प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ । प्रदेश सरकारले यसलाई ठुलो उपलब्धि मानेको छ । संविधानको धारा २८५ को उपधारा (३) मा प्रदेश मन्त्रिपरिषद्ले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्ने व्यवस्था छ […]

आइतबार सिंहदरबार भित्रबाट फोहोर व्यवस्थापन भएन । मन्त्रालय, विभिन्न निकायसहित क्यान्टिन, बगैंचा र सडकहरुबाट संकलन भएको फोहोर त्यतिकै थुप्रिए । फोहोर नउठ्नुको कारण हो, सिंहदरबारको फोहोर नउठाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको निर्देशन । निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले शहरी विकास मन्त्रालयसँग गरेको सम्झौताका आधारमा सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको थियो । […]

२ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले […]

पछिल्लो वर्षमा उद्योगी व्यवसायीहरु नयाँ परियोजना तयार गरेर अघि बढ्न हच्किएका छन् । यसको असर अब बैंकको कर्जा विस्तारमा समेत पर्न थालेको छ । बैंकमा ऋणको माग नयाँ परियोजनामा लगानी गर्नभन्दा ब्याज भुक्तानी मिलाउनका लागि हुन थालेको बैंकरहरुको अनुभव छ । उनीहरुले यो विषय नेपाल राष्ट्र बैंकसँग पनि ‘सेयर’ गरेका छन् र गभर्नर महाप्रसाद अधिकारी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।