खानी विभागमा न प्रर्याप्त बजेट,न जनशक्ति

रामप्रसाद घिमिरे अहिले खानी तथा भूगर्भ विभागको महानिर्देशकको कुर्सीमा छन् । २८ बर्ष अघि निजामती सेवामा पाइला राखेका घिमिरे खानी तथा भूगर्भ क्षेत्रमा विज्ञ मानिन्छन् । विगत ४ बर्षदेखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा सम्हालिरहेका छन् । उनले उक्त विभागको कमाण्ड सम्हाले यता के के भए त सुधारका काम
मुख्यतयाः खानी विभागले खनिजको अन्वेषण, त्यसको प्रवद्र्धन गर्ने र नेपालको भौगर्भिक अवस्थाको बारेमा विभिन्न प्रकारका सर्भे गर्र्दै आएको छ । विभागले कुन ठाउँको भौगोलिक अवस्था कस्तो छ भन्ने अध्ययन अनुसन्धान गरेपछि सरकारका विभिन्न निकायहरुले ठुलठूला पूर्वाधारहरु निर्माण गर्दा, पक्की मोटरेबल पूल बनाउँदा, ठूला प्रकारका हाइड्रो डयामहरु बनाउँदा, ठूला बस्तीहरुको स्थापना गर्दा विभागको सर्भेका आधारमा कुन भू भागमा कस्तो किसिमको संरचनाहरु बनाउने,के कस्ता पूर्व सावधानीहरु अपनाउनुपर्छ भनेर सल्लाह सुझाव समेत दिँदै आएको छ ।

बिज्ञापन

भूकम्पीय अध्ययन

बिज्ञापन

यस्का अलवा भूकम्पीय अध्ययन गर्ने काम पनि यही विभागको हो । यसका लागि विभागले देशभर ४२ वटा भूकम्पीय स्टेसन र ५२ वटा जिपियस स्टेसन राखेर भूकम्पको गतिविधिलाई अध्ययन गर्दै ४ रेक्टरभन्दा बढीको भूकम्प गएको खण्डमा जानकारी गराउँदै आएको छ । विभागका पछिल्ला उपलव्धिका रुपमा भूकम्पकीय मापन तथा सूचना प्रवाह अन्तर्गत बझाङ्ग, धादिङ्ग र जाजरकोटमा गएका ४ रेक्टर भन्दा माथिका ५६ वटा भूकम्पहरु मापन गरी संचार माध्यममा सूचना प्रवाह गरेको छ । भूकम्प तथा पहिरो सम्बन्धी गोरखाको बारपाकमा अभिमुखिकरण कार्यक्रम संचालन भएको छ । विश्लेषणका आधारमा कुन क्षेत्रको,कुन भूभाग भविष्यमा भूकम्पीय दृष्ट्रियले जोखिममा छ । पूर्व सावधानीका उपायहरु के के उपनाउने जानकारी दिने जिम्मेवारीसमेत यही विभागको हो ।
खनिज प्रर्वद्धन
खनिज प्रबन्धन अन्तर्गत पहिलो चरणको खनिज प्रर्वद्धनका लागि ६ वटा खनिजहरुको सूचनामध्ये प्राप्त १ वटा प्रस्तावको मूल्याङ्कन सम्पन्न पश्चात सम्झौताको लागि पत्राचार गरेकोे छ । यस्तै दोस्रो चरणको खनिज प्रवर्द्धन कार्यको लागि लगानी सम्मेलन पश्चात सूचना प्रकाशनको तयारी भइरहेको छ । खनिज अन्वेषण अन्तर्गत अर्घाखाँची जिल्लाको सब्दु क्षेत्रमा चुनढुङ्गाको लागि ३०० मि ड्रिलिङ्ग तथा ५० हे सर्भे कार्य भईरहेको बताइएको छ । यस्का अलवा रुकुम झुन्लावाङ्ग क्षेत्रमा विस्तृत अन्वेषण कार्यका लागि ११०० मि च्यानल स्याम्पिलङ्ग र ३२५ हे सर्भे सम्पन्न भई ११०४ वटा नमूना संकलन गरिएको छ । संकलित नमूना मध्ये २७० वटा नमूनाहरुको रसायनिक परिक्षण सम्पन्न भएको छ । यस्तै टाईल्स, कलर लगायत अन्य प्रयोजनामा प्रयोग भइरहेको डोलोमाईट खनिजको सुनौला बजार, धादिङ्ग र तनहुँमा अन्वेषण कार्य सम्पन्न भएकोे छ ।

पेट्रोलियम अन्वेषण

बिज्ञापन

पेट्रोलियम अन्वेषण कार्य अन्तर्गत दैलेखमा रहेको पेट्रिलियम सम्भावित भण्डार क्षेत्रको अन्वेषणका लागि मित्र राष्ट्र चिनिया सरकारको सहयोगमा हुन लागेको ड्रिलिङ्ग कार्यको लागि जग्गा अधिग्रहण र पूर्वाधार सुधारको कार्य सम्पन्न भई ड्रिलिङ्ग उपकरण नेपाल आउन थालेको छ । नेपालको तराई र चुरे क्षेत्र समेटी पूर्वबाट पश्चिमसम्म विभाजित गरिएका १० वटा पेट्रोलियम अन्वेषण खण्ड मध्ये २ वटा खण्डमा ठेकेदारबाट पेट्रोलियम अन्वेषण कार्य गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयबाट स्वीकृति प्रदान भएको छ । भूईञ्जिनियरिङ तथा भूवातावरणिय अध्ययनका लागि मधेश प्रदेश अन्तर्गत रहेको जीतपुर सिमरा र आसपासका क्षेत्रको एसपीटी प्यारामिटरको अध्ययन फिल्ड कार्य (१०० वर्ग किमी) फिल्ड कार्य भईरहेको छ। सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्दैछ । तेस्रो लगानी सम्मेलन सम्पन्न भएको पाँच वर्षपछि चौथो लगानी सम्मेलन हुँदैछ आगामी वैशाख दोस्रो सातामा । लगानी सम्मेलनबाट विभागबाट निम्न खानीहरुको विवरण लगानी वोर्डमा उपलव्ध गराइसकेको छ ।

दैलेखमा दनादन

यस्का अलवा पेट्रोलियम ग्याससम्बन्धी अन्वेषणको काम समेत गर्दै आएको छ विभागले । १० वटा ब्लकमा विभाजन गरेर काम अगाडि बढाइरहेको छ । जसमा दैलेख जिल्लाको नाभिस्थान, श्रेयसस्थान लगायतका क्षेत्रमा अन्वेषणको लागि चीन सरकासँग जिटुजी सम्झौता गरेर काम गरिरहेको छ विभागले । दैलेखको भैरवी गाउँपालिकामा अन्वेषण साइट छनोट भएको छ । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामले गति लिएको छ । पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तर्गत ‘ड्रिल’ गर्ने मेसिन दैलेखस्थित आयोजनाको साइटमा पु¥याउने, चीनबाट उपकरण २ सयभन्दा धेरै ट्रकमा लोड गरिएको र उपकरण पुगिसकेपछि ड्रिल गर्ने काम सुरु हुने छ । काम सुरु भएको चार महिनामा ड्रिल गर्ने काम सम्पन्न हुने र यस पछि यो भेगमा कति मात्रामा पेट्रोलियम पदार्थको भण्डार रहेको छ भन्ने एकिन हुने छ । चैत २०७२ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । माघ २०७५ मा चीनलाई नेपालका दुई क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धमा परियोजना स्वीकृत गरेको थियो । उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न २ अर्ब ४० करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग सम्झौता भएको थियो । यस समझदारीलाई कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्ययोजना बनाएका थिए । पहिलो चरण (१० महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको, दोस्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने सहमति भएको थियो । कोभिड महामारीका कारण सम्झौता अनुसार काम भएन,अलि पछाडि धकेलियो । अहिले कामले गति लिँदै छ । चिनियाँ सरकारसँग जीटूजी सम्झौता अनुसार अगाडि भएको यो आयोजना नेपाली अर्थतन्त्रकै लागि कोसेढुंगा सावित हुनेछ । जमिनबाट ४ हजार ५ सय मिटरसम्म गहिराइमा पुगेर अन्वेषण गरिँदै छ । यसअघि चीनले असोज २०७९ मै पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिल गर्ने स्थान छनोट गरिसकेको छ ।

लाइसेन्स लिनेको लगत

अहिलेसम्मको आँकडा हेर्ने हो भने लगभग १६० वटा कम्पनीले खानी उत्खननको लागि लाइसेन्स लिएकाछन् । जसमध्ये ६० वटा खानी सञ्चालनमा छन् । यसमा पनि ४३ वटा चुनढुंगामा आधारित खानी उद्योग हुन । यी खानीबाट उत्पादन भएका चुनढुंगाबाट नेपाली सिमेन्ट उद्योगले क्लिंकर र सिमेन्ट उत्पादन गर्छन । पछिल्लो समय नेपालले क्लिंकर निर्यात समेत गरिरहेको छ । यसका साथै खरी (टल्क) सम्बन्धी उद्योगहरु पनि रहेका छन् । समग्रमा यस्ता उद्योगहरु क्रमशः बढ्दै गएका छन् । यसबाट राज्यलाई ठूलो मात्रामा राजस्वसमेत प्राप्त भइरहेको छ ।

न प्रर्याप्त बजेट,न जनशक्ति

जनशक्ति सीमित छन् । यहि जनशक्तिबाट असीमित कार्यहरु गराउनुपर्नेछ । अन्वेषण, प्रवर्द्धन, अनुगमन, भौगर्भिक तथा विपद् अध्ययन, भुकम्पीय जोखिम अध्ययन जस्ता कार्य गर्नुपर्ने हुँदा विभागीय प्रगतिलाई समेत असर पर्न गएको छ । लक्ष्य अनुसार कार्य सम्पादन गर्न कठिन छ । तसर्थ ओ एण्ड सर्भे गरी विभागलाई जनशक्ति थप्न जरुरी छ । । स्वीकृत मानव संसोधन विकास योजना २०७५ अनुसार २१६ बाट घटाई १४४ सीमित हुने गरी संघीय संरचनामा रही विभागले नेपालको विभिन्न स्थानमा भौगर्भिक अध्ययन, भूकम्प मापन र अनुसन्धान तथा खनिज सर्वेक्षण कार्यको लागि आवश्यक प्राविधिक टोलीलाई केन्द्रीय निकायबाट नै खटाई पठाउने व्यवस्था रहेको हुँदा समयमा नै तोकिएको जिम्मेवारी, अन्वेषण, अनुगमन विपद् अध्ययन जस्ता कार्यहरु सम्पन्न गर्न कठिनाई भोगिरहेको छ विभागले । हाल विभागमा उपलब्ध ४ जना प्राविधिक जनशक्तिबाट विभागले विगत आ.व. २०७१।७२ देखि विभिन्न अन्वेषण कार्यवाट संकलित नमूनाहरुको परिक्षण गर्दै आएको र नमूनाहरुको सख्या प्रति वर्ष थपिदै आएकोले खनिज प्रवर्द्धन कार्य प्रभावित भइरहेको अवस्था छ । विभागले अधातु खनिजका नमूना (चुनढूङ्गा, डोलोमाईट, म्याग्नेसाइट, फोस्फोराईट) का परिक्षण बाह्य प्रयोगशालामा गराउँदै आएको छ भने महत्त्वपूर्ण खनिज, धातु तथा खनिजहरुको परिक्षण विभागबाटै हुँदै आएको छ। यसरी विभागबाट लामो समय देखि संकलित नमूनाहरु समयमा नै परिक्षण नहुँदा खनिज प्रवर्द्धन कार्यमा कठिनाई भईरहेको छ । आइटी सम्बन्धी कार्यका लागि विज्ञ समयमा नै उपलब्ध नहुने हुँदा सो शिर्षकमा बजेट कार्यान्वयनमा समस्या देखापरेको छ । उद्यम आधारित जीआईएस सूचना प्रणाली सफ्टवेयर अपग्रेड गरी संचालनमा आउन नसकेको अवस्था छ । विगत ३० वर्ष भन्दा पुराना सवारी साधनका आधारमा फिल्ड कार्य संचालन भईरहेको छ । विभागमा रहेका सीमित सवारी साधनहरु निरन्तर मर्मत गर्नुपर्ने भएकोले समयमा फिल्ड संचालन गर्न कठिनाई भएको हुँदा फिल्ड कार्यक्रममा लागि आवश्यक सवारी साधन उपलब्ध हुनुपर्ने माग राखेका छौं । यस विभागबाट हुने खनिज अन्वेषण, अनुसन्धान जस्ता कार्यहरुले प्रत्यक्ष रुपमा खनिजहरुको प्रवर्द्धन भई खनिजजन्य उद्योग स्थापना हुने तर खनिज श्रोतहरुको अध्ययन, अनुसन्धानमा प्राथमिकतामा पर्न नसकेको हुँदा बजेट समेत पर्याप्त मात्रामा उपलब्ध नहुने हुँदा खनिज क्षेत्रको विकासमा कमी आएको छ । नयाँ नयाँ खानी उद्योगको अन्वेषण,अनुसन्धान गर्नुपर्ने विभाग हो खानी तथा भूगर्भ विभाग । उद्योगधन्दाहरु नै राष्ट्रको प्रगतिका लागि पहिलो खुड्किलो हो । तर, हामीकहाँ यस्ता विभाग त खडा गरिएका छन तर यी विभागका लागि न त प्रर्याप्त बजेट छ न त आवश्यक जनशक्ति नै ।बजेट संकुचन, जनशक्तिको सीमितताबीच पनि विभागले केही उदाहरणीय गरेको छ ।

पाइलपलाइनका कार्यक्रम

खनिज तथा पेट्रोलियम अन्वेषण चुनढुङ्गा, डोलोमाईट, ग्रेनाईट, ग्रफाईट, तामा, फलाम, सुन, औद्योगिक माटो, पेट्रोलियम, निर्माणमुखि खनिजको अन्वेषण गरी प्रवर्द्धन कार्य कम्तीमा १० वटा खनिजको प्रवर्द्धन २०८१/०८२ सम्ममा गर्ने लक्ष्य राखेको छ,विभागले । त्यस्तै फलाम, फोस्फोराईट तथा अन्य खनिज प्रवद्र्धन फलाम जन्य उद्योग स्थापना गर्न रुकुम झुन्लाबाङ्ग क्षेत्रमा रहेको फलाम भण्डारलाई प्रवर्द्धन बझाङ्ग, बैतडी स्थित फोस्फोराइट तथा अन्य खनिजको उद्योग प्रवर्द्धन गरी मलजन्य उद्योगको सम्भावना अध्ययन कार्य संकलित फलामका धाउहरुको नमूना परिक्षणका लागि रू. ३५ लाख बजेट चाहिने हो तर बजेट अभाव रहेको छ । बजेटको व्यवस्थापन गर्न मन्त्रालयसँग माग गरेका छौं । फिल्ड कार्यमा प्रयोग हुने सवारी साधनको कमी छ । विभागमा सिमित जनशक्तिबाट अन्वेषण, प्रवर्द्धन, अनुगमन, भौगर्भिक तथा विपद् अध्ययन, भुकम्पिय जोखिम अध्ययन जस्ता कार्य गर्नुपर्ने हुँदा विभागिय प्रगतिलाई समेत असर पर्न गई लक्ष्य अनुरुप कार्य सम्पादन गर्न नसकिएको तसर्थ ओएण्ड एम सर्भे गरी विभागको परिधि विस्तार गर्न आवश्यक रहेको छ । उक्त कार्य हामीले २०८१/०८२ सम्ममा सक्ने लक्ष्य रहेको छ । व्लक नम्बर ३ (लुम्बिनी) र ४ (चितवन) को पेट्रोलियम अन्वेषण पेट्रोलियम भण्डार एकीन हुने र उत्पादनका लागि कार्य दुई वटा अन्वेषण खण्डहरुमा भएको पेट्रोलियमको एकीन गरी उत्पादन गर्न अन्तराष्ट्रिय तेल कम्पनीहरुलाई बोलपत्र आव्हान गर्ने योजना छ विभागको ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।