१ अर्ब १० करोड कर छलीमा मुछिए चन्द्र ढकालका दाजु भाई

कानुनी छिद्रहरु प्रयोग गरेर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल एक पछाडि अर्काे केवुलकार निर्माणमा जुटिरहेका छन् । देशभर सात ठाउँमा केवुलकार निर्माण गर्दा कतिपय स्थानमा वातावरणीय प्रभाव मूंल्याकन समेत नगराइएको भेटिएकै थियो ।

बिज्ञापन

उनको सहोदर भाई अर्बाै कर छली प्रकरणमा जोडिएका छन् । उनका सहोदर भाइ हेमराजले विदेशबाट प्रत्यक्ष वैदेशिक लगानीको नाममा भित्र्याएको १ अर्ब १० करोड रूपैयाँको स्रोतको खोजी भए पनि शक्ति र सत्ताका आडमा उनलाई उन्मुक्ति दिइदै आएकोमा सरकारी कर्मचारीहरुको चित्त बुझेको छैन । जबकी यस अघि अजय सुमार्गीदेखि पृथ्वी शाहरुको पैसा रोकियो तर ढकालको पैसा कहिँकतैबाट रोकिएन ।

बिज्ञापन

एकातिर वैदेशिक लगानीका नाममा अर्बाै रकम भित्र्याएको र अर्काेतिर कर छलीमा समेत मुछिएका छन्,ढकालका साखै भाई । आफूलाई गैर आवासीय नेपाली दावी गर्ने हेमराज ढकालले झण्डै २ अर्ब बढी कर छली गरेको सरकारी अधिकारीहरुको दावी छ । तर सेटिङ कलामा पारंगत ढकालले सो रकम नतिर्न लागि शक्तिकेन्द्र मिलाइरहेको छन् ।

नेपालमा ठूलो मनि ट्रान्फरको व्यवसायको रुपमा आइएमई मनि ट्रान्फर सञ्चालन गर्दै आउका ढकालका भाइ हेम जापान र खाडी मुलुक मलेसिया, कतार, दुवईमा केन्द्र बनाएर उक्त कारोबारहरु सञ्चालन गर्दै आएका थिए । मलेसिया,वेलायत, जापान र पोर्चुगलमा व्यवसाय दर्ता गरी सञ्चालन गर्दै आएका थिए ।

बिज्ञापन

उनीहरुको व्यवसायको सञ्चालको विस्तार सगै सन २०१५ मा यो सम्पुर्ण मनि ट्रान्सफरको नेटवर्कलाई विश्वको ठूलो कम्पनी युरो नेटको साहायक कम्पनी रिया मनि ट्रान्फरलाई रु ७ अर्वमा विक्रि गरी अधिकांश रकम नेपाल ल्याएको सरकारी अधिकारीहरुको दावी छ । यस्तै केही रकमलाई युरो नेटको शेयरमा रुपान्तरण गरी वेलायतको कम्पनीमा राखेका छन । यस वापत नेपालमा रु २ अर्व ४५ करोड कर समेत छलीमा जोडिन्छन्,ढकालका दाजुभाई ।

अध्यागमन विभागको रेकर्ड अनुसार उनले लिएको ३ बटा राहदानीको आगमन र प्रस्थानको रेकर्डका आधारमा आर्थिक बर्ष एक दशक अघि उनी नेपालमा १२० दिन जापानमा ६५ दिन मलेसियामा ४० दिन वसोवास गरेको समेत देखिन्छ । वासिन्दा सिद्धान्त अनुसार उनी मलेसिया वा जापानको स्थायी बसोवास गरेको अवधि समेत १८३ दिन अविछिन्न नपुग्ने हुदा उनी आयकर प्रयोजनका लागि नेपालको वासिन्दा हुने अर्थका उच्च अधिकारीको दावी छ ।

नेपालको आयकर ऐन अनुसार कुनै पनि व्यक्ति विगत ३६५ दिन मध्ये १८३ दिन नेपालमा बसोवास गरे कर प्रयोगजनका लागि नेपालको स्थायी बासिन्दा हुने उल्लेख छ । वासिन्दा व्यक्तिको सिद्धान्तमा आधारित आयकर प्रणालीमा कुनै पनि व्यक्ति जुन देशको वासिन्दा हो उसले विश्वभरीको आयलाई वासिन्दा भएको देशमा कर विवरण पेश गर्नुपर्ने र विदेशमा कर तिरेको भए मिलान गर्न पाउने कर क्षेत्रका जानकारहरु बताउँछन् ।

कर्मचारी र नेताका आडमा कौडीको भाउमा सार्वजनिक जग्गा हत्याउँदै चन्द्र ढकाल

नेपालले अपनाएको आयकर ऐन वासिन्दाको सिद्धान्तमा आधारित छ । आयकर ऐनको दफा २ को परिभाषा खण्डको क ङ अनुसार प्राकृतिक व्यक्तिको हकमा नेपालको वासिन्दा हुन सामान्य व्यवसायिक स्थान नेपाल रहेको वा ३६५ दिनमा अविछिन्न १८३ दिन बढी नेपालमा बसोवास गरेको व्यक्ति नेपालको वासिन्दा हुने उल्लेख छ ।

चन्द्रागिरी केवलकारमा फेरि अड्किए यात्रु

तर ढकाल मलेसियामा रहेको कम्पनी विक्रि गर्ने अवधिमा नेपालमा रहेको आइएमई लिमिटेड अर्थात साविकमा आइएमई प्रा लि र निभिषा इन्भेष्टमेन्ट र केही हाईड्रोपावर कम्पनीमा व्यवासायिक कारोवारमा संलग्न रहेको तथा सो कम्पनीहरुमा प्रबन्ध सञ्चालक,सञ्चालक रहेको कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको विवरण समेतको आधारमा देखिन्छ । हेमराज ढकालले कर चुक्ता प्राप्त गर्न लिएको व्यक्तिगत आय विवरण समेत नेपालमा पेश गरेको अवस्थामा ढकालको सामान्य व्यवसायिक स्थान नेपाल रहेको र उनी नेपालको वासिन्दा हुने स्पष्ट छ ।

आयकर ऐन प्रयोजनका लागि नेपालको वासिन्दा प्रमाणीत हुने अवस्थामा हेमराज ढकालले मलेसियामा विक्रि गरेको आईएमई मनि ट्रान्सफरको विक्रि गर्दा प्राप्त गरेको लाभलाई नेपालको आय विवरणमा समावेश गरी मलेसियामा वा अन्य मुलुकमा सो बर्ष तिरेको कर मिलान गरी वांकी कर तिर्नुपर्नेमा नतिरेका हुन ।

चन्द्र ढकालको अत्याचार, मानव अधिकार आयोगसँग पहिचान पक्षधरको हार गुहार

आफू गैर आवासीय नेपाली भएको दावी गरी नेपालमा कर नतिर्नुपर्ने दावी गरी सिधै उक्त विक्रिको रकम नेपाल ल्याएको र केही रकम वेलायतमा लगानी गरेको समेत देखिएकोले कर अनुसन्धान गर्नुपर्नेमा अधिकारीहरुको भनाई छ । प्रायः स्वदेशमा बसेर आधा दर्जन जति कम्पनी र व्यवसाय हाँकिरहेका भाइ ढकालले उक्त रकम गैरआवासीय नेपाली (एनआरएन) को हैसियतमा विदेशमा कमाएर ल्याएको दाबी गरेपछि उनी एनआरएनको हैसियत प्रमाणित गर्न परराष्ट्र मन्त्रालय पुगेका थिए ।

ताप्लेजुङको सिडियोमा चन्द्र ढकालका छिमेकी : सेटिङ कि संयोग ?

मन्त्रालयको नीति,योजना,विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाले २०७५ असार १९ गते एकाध मिनेटमा ढकालको विदेशी लगानीको विवरण प्रमाणित गरेर राष्ट्र बैंक र उद्योग विभागलाई जानकारी र निवेदकलाई बोधार्थ दिएको कागजात समेत फेला परेको छ । तर,सयौं करोड रूपैयाँ विदेशी लगानी भित्र्याएको विषयमा लेखिएको पत्रमा कुन मुलुकबाट ल्याइएको,कुन स्रोतबाट कमाइएको र नेपालमा कुन क्षेत्रमा लगानी गर्न खोजिएको भन्ने स्पष्ट व्यहोरा कहिँ कतै खुलाइएको छैन ।

सातै प्रदेशमा केवलकार सञ्चालन गर्ने ढकालको योजना,पाथिभरामा फेरि लफडा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

“तीन वर्षदेखि भुक्तानीविना: कर्मचारी नेताहरूबाट जया फर्निचर पीडित”

‘स्थानीय तहका कर्मचारीको माग सम्बोधन हुनेगरी विधेयक आँउछ’:मन्त्री शाह

सेवा निवृत्त कर्मचारीलाई हेर्ने सरकारी रबैया

सशस्त्र प्रहरीको एआईजी बढुवामा ठाडा मगर सिफारिस

बजेटले हतोत्साहित राष्ट्रसेवक,मारमा करार सेवाका कर्मचारी र पेन्सन होल्डर

कुन मन्त्रालयलाई कति बजेट ?

सबै निकायका कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याउन समिति बनाइने

खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

बिशेष