वाग्मती
बर्तमान गठनबन्धन सरकारका तीन मन्त्री रसुवा पुगेका छन् । पछिल्लो एक महिनाको अवधिमा रसुवा जिल्लामा एमाले अध्यक्ष केपी शर्मा ओली,भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ,रक्षा मन्त्री हरि उप्रेती र हिजैमात्र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी रसुवा जिल्ला पुगेर फर्किएका छन् । एमाले अध्यक्षसहित बहालवाला तीनै जना मन्त्रीले रसुवामा गोसाइँकुण्ड केबलकार निर्माण गर्ने बिषय प्रथामिकताका […]
विज्ञहरु भन्छन्, प्रदेशमा एउटा मन्त्रालय थप्दा बार्षिक खर्च ७५ लाख हाराहारी थपिन्छ । तर कुर्सी जोगाउने,सत्ता टिकाउने नाममा मन्त्री थप्दै,मन्त्रालय फुटाउने धन्दा चलिरहेको प्रदेशमा । यस्तै रोग बाग्मती प्रदेशमा पनि देखिएको छ । मुख्यमन्त्रीको कुर्सी जोगाउने र सत्ता टिकाउने नाममा त्यहाँ विज्ञहरुका सुझाव विपरित मन्त्रालयको संख्या १३ पुर्याइएको छ ।बाग्मती प्रदेश सभामा ११० सांसद छन् […]
बागमती प्रदेश सरकारले भोलि(वैशाख २४ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश सरकारी काम काजको भाषाको रुपमा तामाङ र नेपाल भाषाको शुभारम्भ भएको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले […]
सहसचिव तहका कर्मचारीहरुको खटन पटन तथा सरुवाको काम क्याविनेटले गर्दै आइरहेको छ । त्यही क्याविनेटबाट हुने निर्णय पनि कतिसम्म कच्चा देखिन्छ भन्ने एउटा सानो उदाहरण हेरौं :- अघिल्लो साताको क्याविनेट बैठकले २८ सहसचिवको सरुवा टुंग्याएको छ । प्रशासन सेवाका १८,शिक्षा सेवाका १ र बाँकी ९ प्राविधिक सेवाका सहसचिवहरुको खटन पटन गरिएको थियो । त्यही सूचीमा […]
संसद् बैठकमा उपस्थित भएर नीति निर्माणमा सहभागी हुनु र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनु सांसदको जिम्मेवारी नै हो । तर, रसुवावासीले निर्वाचनबाट जिताएर संघीय संसद बनाएर पठाएका इ. मोहन आचार्य विना सूचना पाँच बैठकमा बैठकमा अनुपस्थित रहेको विवरण संघीय संसद सचिवालयले दिएको छ । गत माघमा शुरु भएर वैशाखमा हठात अन्त्य भएको हिँउदे अधिवेशनमा रसुवाका […]
लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय,रसुवामा तोडफोड भएको छ । आज बिहान कार्यालयमा प्रवेश गरेका काँग्रेस निकटका भातृ संगठनको टोलीले त्यहाँ तोडफोड गरेको जनाइएको छ । तरुण दल,नेपाल विद्यार्थी युनियन,पार्टीका क्षेत्रीय सभापति,जिल्लाका प्रतिनिधिहरुको टोली बिहान निकुञ्जको धुञ्चेस्थित कार्यालयमा पुगेका थिए । करिब ६०/ ७० जनाको समूहमा रहेको टोलीले त्यहाँ प्रवेश गरेर तोडफोड गरेको जनाइएको छ । उक्त […]
सरकारले सहसचिव गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको कायममुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारी दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त प्रदेश प्रमुख सचिवमा कार्कीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए। मन्त्री शर्माले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख […]
अनलाइनमार्फत अस्थायी बाटो इजाजत (पटके) लिने र भुक्तानी गर्ने सेवाको सुरु भएको छ । मंगलबार यातायात व्यवस्था सेवा कार्यालयले सल्लाघारीमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले उक्त सेवाको शुभारम्भ गरेका हुन । मन्त्री लम्सालले अस्थायी पटके भुक्तानीबाट व्यवसायीहरुले वर्षौंदेखिको अन्यौलता र अव्यवहारिक झन्झटमुक्त हुने बताउँदै अनलाइन मार्फत भुक्तानी […]
डडेलधुराका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार भएको घटना साम्य नहुँदै फेरि धादिङको सिद्धलेक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार भएको छ । मंगलबार गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले पालिकास्तरको सर्वदलीय बैठक बोलाएका थिए । दिउँसो शुरु भएको बैठक साँझ ७ बजेसम्म चलेको थियो । बैठकपछि गिरीले वलीको कार्यकक्षमा पुगेर फाइलमा तुरुन्त तोक लगाउन निर्देशन दिए । तर, […]
रातारात नियमावली सशोधन गरेर रसुवाली जनतामाथि नालझेल गरेको साञ्जेन जलविद्युत कम्पनीविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको छ । गत ३० फागुनमा दायर भएको रिटमा उच्च अदालत पाटनले आज पेसी तोकेर दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । जालसाँझीपूर्वक नियमावली संशोधन गरी रसुवावासीलाई सञ्चालक समितिमा बस्न बाट रोक लगाउने निर्णय गरेको सान्जेन जलविद्युत आयोजनालाई आज […]