गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा (पहिलो संशोधन) अध्यादेश २०८१ प्रमाणीकरण गरेका छन् । गत मङ्गलबारको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन संशोधनका लागि अध्यादेश पारित गरेको थियो । त्यस लगतै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशले अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएकोमा आज उक्त अध्यादेश मुख्यमन्त्रीले प्रमाणीकरण […]

गण्डकी प्रदेश सरकारले आठ सय भन्दा कर्मचारी करारमा नियुक्ति गर्ने भएको छ । प्रदेशका विभिन्न मन्त्रालय र निकायमा कर्मचारी अभाव भए पछि ती निकायमा कर्मचारी भर्ती गर्नका लागि अध्यादेशको साहरा लिएको प्रदेश सरकारले दुई बर्ष देखिको गाँठो फुकाएसँगै करारमा ठूलो संख्यामा कर्मचारी भर्ती गर्न लागेको हो । प्रदेश मन्त्रिपरिषद् बैठकबाट प्रदेश निजामती सेवा ऐन संशोधनसम्बन्धी […]

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को् कार्यालयले ४ जना कर्मचारीलाई उपसचिव तहमा पदोन्नतीका लागि सिफारिस गरेको छ । प्रदेश कृषि सेवाका तीन र प्रशासन सेवाका एक गरी चार अधिकृतस्तरका कर्मचारीहरुलाई नवौं तहमा बढुवाका लागि सिफारिस भएका हुन । जसमा कृषि प्रसार सूमहका गोविन्द पाण्डे,बागबानी समूहबाट सोनी राना,मस्त्य विकासतर्फ रविनसन अधिकारी र प्रशासनतर्फ लक्ष्मी भद्र वाग्ले रहेका […]

रास्वपा सभापति रवि लामिछानेविरुद्धको विभिन्न तीन वटा मुद्धा दर्ता भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेविरुद्ध तीन वटा मुद्दा दर्ता गरेको हो । जसमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखको बिगो मागदाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा रवि पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ […]

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि थप दुई मुद्धा चलाउन प्रहरीले सिफारिस गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले विभिन्न तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। प्रहरीले तयार पारेको झण्डै ५ सय पृष्ट लामो प्रतिवेदनमा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण […]

सूर्यदर्शन सहकारी पीडितहरुले रवि लामिछाने,छविलाल बञ्जाडे वा जितेन्द्र राई (जिवी) पक्राउ पर्दैमा आफ्नो वचत फिर्ता हुने कुनै ग्यारेन्टी नभएको बताएका छन् । सूर्यदर्शन वचत पीडित संघर्ष तथा तदर्थ समितिका संयोजक किरण श्रेष्ठले रवि,छवि,जिवी पक्राउ पर्दैमा पीडितहरुको वचत फिर्ता हुने कुनै ग्यारेन्टी नभएको जनाएका हुन । सरकारले पीडितको वचत फिर्ता गर्नेमा भन्दा पनि यसमा जोडिएका व्यक्तिहरुलाई […]

लामो समयदेखि करारका कर्मचारी राख्ने वा हटाउने बिषयमा लफडा उत्पन्न हुँदा पोखरा महानगरपालिकाको कार्यपालिका बैठकमा तनाव उत्पन्न भएको छ । करार सेवाका कर्मचारी हटाउने वा राख्ने बिषयको लफडा पेचिलो बन्दै जाँदा कुर्सी हानाहानकै स्थिति आएको हो । त्यहाँका मेयर छन् एकीकृत समाजवादीबाट निर्वाचित धनराज आचार्य,करार सेवाका कर्मचारी कुनै हालतमा राख्न नहुने काँग्रेसको अडान छ भने […]

गण्डकी प्रदेश लोक सेवा आयोगले पोखरा महानगरपालिकाले स्थायी गरेका करारका कर्मचारीको नियुक्ति बदर गर्ने निर्णय गरेकोमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु सुदर्शनराज पाण्डे र मेरिना श्रेष्ठको संयुक्त इजलाशले मुद्दा किनारा नलाग्दासम्मका लागि लोकसेवाको उक्त निर्णय र पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न विपक्षी आयोगका नाममा मंगलबार अन्तरिम आदेश जारी गरेको हो । […]

८ महिना अगाडि स्थायी नियुक्ति लिएर काम गर्दै आएका १२९ कर्मचारीको नियुक्ति खारेजीमा परेको छ । प्रचलित ऐन कानुन विपरित मनलाग्दी ढङ्गबाट स्थायी नियुक्ति गरिएका ती कर्मचारीहरुको नियुक्ति खारेज गर्न लोकसेवा आयोगले पोखरा महानगरपालिकालाई पत्र काटेको हो । पोखरा महानगरपालिकाले ०८० फागुनमा लामो समयदेखि करार सेवामा कार्यरत १ सय २९ जना कर्मचारीलाई स्थायी नियुक्ति दिएको […]

पोखरा महानगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा गर्ने भएको छ । महानगरको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाउनुपर्ने माग सहित कांग्रेसले महानगरमै तालाबन्दीको चेतावनी दिएपछि समस्या समाधान गर्न कार्यापालिका बैठक बसेको थियो उक्त बैठकले करार सेवाका कर्मचारीहरुको अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको छ । महानगरपालिकामा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।