वाग्मती
रसुवा जिल्लाका एक पालिका वडा अध्यक्षले सार्वजनिक जग्गा मिचेर बंगला ठडाएको बिषयले अख्तियार,सदरमुकाम धुन्चेदेखि टिमुरेसम्म हलचल मच्चिएको छ । गोसाइकुण्ड गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष मिङमर छिरिङ तमाङ यस्तो बदमासीमा मुछिएको भन्दै अख्तियारमा उजुरी परेपछि हलचल मच्चिएको छ । गोसाईकुण्ड गाउँपालिका वडा नं २ निवासी मिङमर छिरिङ तमाङको कित्ता नं १२५ र १५८ मा कानुन विपरित […]
सरकारी अधिकारीहरुले रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकामा २ करोड २८ लाख ७७ हजार बेरुजु रहेको औल्याएका छन् । गत आर्थिक बर्षको उक्त पालिकाको लेखापरीक्षण गर्दा २ करोड २८ लाखको हिसाब किताब गोलमाल भएको महालेखाका अधिकृतहरुले प्रतिवेदन तयार पारेको छन् । महालेखाले तयार पारेको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार उक्त पालिकाले असुल उपर गर्नुपर्ने बेरुजु १० लाख […]
कीर्ते काण्डमा जोडिएका वडा सचिव पक्राउ परेका छन् । उनलाई कीर्ते प्रकरणमा जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले गोसाइकुण्ड गाउँपालिका २ नम्बर वडाका सचिव वाङदी तमाङलाई प्रहरीले आज रसुवाबाटै पक्राउ गरेको हो । सरकारी राजश्व आफ्नै व्यक्तिगत खातामा दाखिला गर्नेदेखि जनप्रतिनिधिको सिग्नेचर कीर्ते गरेर बदमासी गर्दै आएका वडा सचिव वाङदी […]
लाङटाङ राष्ट्रिय निकुञ्जको हाकिम फेर्ने काँग्रेसको एउटा टोली अहिले सिंहदरबार धाइरहेको छ । आर्थिक बर्षको अन्त्यमा हाकिमको सरुवा खोज्दै रसुवा काँग्रेसको एउटा टोली दैनिक सिंहदरबारदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ववरमहल धाइरहेको हो । काठमाडौंकै काँग्रेसका केही टोली बोकेर काँग्रेस निकट वार्डेन खोज्दै रसुवाका उत्तम थापाहरुको एउटा समूह दैनिक जसो वन तथा वातारण मन्त्रालय […]
उत्तरी छिमेकी मुलुकसँग सीमाना जोडिएको जिल्ला रसुवाको एक पालिकाका अध्यक्ष तथा नेकपा एमाले रसुवाका उपाध्यक्षका गतिविधि शंकास्पद् देखिएको छ ।चीन विरोधी गतिविधि गरिरहेका धार्मिक नेता दलाई लामाको शरणमा रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ पुगेसँगै अहिले उनका गतिविधिको आलोचना हुन थालेको हो । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका […]
बाग्मती प्रदेश सरकारले प्रदेशका सात पत्रकारलाई पुरस्कृत गरेको छ । गणतन्त्र दिवसको अवसरमा प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा वाग्मती प्रदेशमा सक्रिय रहेका सात जना पत्रकारलाई पुरस्कृत गरेको हो । गणतन्त्र दिवसका अवसरमा बागमती प्रदेश सरकारले कर्मचारी प्रेस अनलाइनका सञ्चालक तथा प्रधानसम्पादक तथा जनआस्था साप्ताहिकका बरिष्ठ संवाददाता हरि गजुरेललाई विकास पत्रकारिता पुरस्कार प्रदान […]
बर्तमान गठनबन्धन सरकारका तीन मन्त्री रसुवा पुगेका छन् । पछिल्लो एक महिनाको अवधिमा रसुवा जिल्लामा एमाले अध्यक्ष केपी शर्मा ओली,भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ,रक्षा मन्त्री हरि उप्रेती र हिजैमात्र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी रसुवा जिल्ला पुगेर फर्किएका छन् । एमाले अध्यक्षसहित बहालवाला तीनै जना मन्त्रीले रसुवामा गोसाइँकुण्ड केबलकार निर्माण गर्ने बिषय प्रथामिकताका […]
विज्ञहरु भन्छन्, प्रदेशमा एउटा मन्त्रालय थप्दा बार्षिक खर्च ७५ लाख हाराहारी थपिन्छ । तर कुर्सी जोगाउने,सत्ता टिकाउने नाममा मन्त्री थप्दै,मन्त्रालय फुटाउने धन्दा चलिरहेको प्रदेशमा । यस्तै रोग बाग्मती प्रदेशमा पनि देखिएको छ । मुख्यमन्त्रीको कुर्सी जोगाउने र सत्ता टिकाउने नाममा त्यहाँ विज्ञहरुका सुझाव विपरित मन्त्रालयको संख्या १३ पुर्याइएको छ ।बाग्मती प्रदेश सभामा ११० सांसद छन् […]
बागमती प्रदेश सरकारले भोलि(वैशाख २४ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश सरकारी काम काजको भाषाको रुपमा तामाङ र नेपाल भाषाको शुभारम्भ भएको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले […]
सहसचिव तहका कर्मचारीहरुको खटन पटन तथा सरुवाको काम क्याविनेटले गर्दै आइरहेको छ । त्यही क्याविनेटबाट हुने निर्णय पनि कतिसम्म कच्चा देखिन्छ भन्ने एउटा सानो उदाहरण हेरौं :- अघिल्लो साताको क्याविनेट बैठकले २८ सहसचिवको सरुवा टुंग्याएको छ । प्रशासन सेवाका १८,शिक्षा सेवाका १ र बाँकी ९ प्राविधिक सेवाका सहसचिवहरुको खटन पटन गरिएको थियो । त्यही सूचीमा […]