लुम्बिनी
निजामती कर्मचारीका विभिन्न संगठनहरुले निजामती सेवा ऐनमा आफ्ना माग समावेश गर्न आग्रह गरेका छन् । रुपन्देहीमा क्रियाशील कर्मचारीहरूका संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजामती सेवा ऐनमा आफ्ना माग समावेश गर्न आग्रह गरेका हुन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेशप्रसाद पाण्डे, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष […]
पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर नजिकैको पर्यटकीय स्थल नरपानीको नेपाल निजामती कर्मचारी युनियन, अर्घाखाँचीले सर सफाई गरेको छ । नरपानी धार्मिक तथा पर्यटकीय स्थल हो । प्रसिद्ध सुपादेउराली मन्दिरको दर्शन गर्न आउनेहरुको पहिलो रोजाई पनि हो नरपानी । त्यहाँ पर्यटकहरु आउदा मनमोहक बनोस भन्ने उद्देश्यले युनियनले सर सफाई कार्यक्रम संचालन गरेको हो । […]
ऋषि भट्टराई बुटवल उपमहानगरपालिकाले जलसोत उपयोग र त्यससम्बन्धी ऐनबारे बुटवलका खानेपानी समितिहरुसँग छलफल गरेको छ । नगरभित्रका ४४ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुसँग जलस्रोत ऐनबारे छलफल गर्दै नयाँ व्यवस्थाअनुसार समिति सञ्चालन गर्न आग्रह गरिएको छ । हिजो आयोजित कार्यक्रममा जलस्रोत ऐनबारे अधिवक्ता घनश्याम पन्त र समितिको अधिकारका बारेमा ध्रुव धितालले जानकारी गराएका थिए । कार्यक्रममा […]
ऋृषि भट्टराई बुटवल । बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी तयारी तयारी अगाडी बढेको छ । इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको हो । जसका लागि बुटवलमा रहेको स्थानीय व्यवस्थापन समिति र आम्दा नेपालले […]
ऋषि भट्टराई बुटवल, जेष्ठ २१ । बुटवलमा आज भएको कार्यक्रममा स्थानीय तहमा जनप्रतिनिधि र सञ्चारकर्मीको भूमिकाबारे छलफल भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले दलित तथा सिमान्तकृत समुदायको आवाजलाई सशक्त रुपमा उठाउनु पर्नेमा सरोकारवाला हरुले जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्धारा सञ्चालित रेडियो जागरण ९३.६ मेगाहर्जले बुटवल उपमहानगरको सहयोगमा बुटवलमा आयोजना गरेको सामाजिक समावेशिकरणको मुद्धामा […]
ऋृषि भट्टराई बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रम शुरु भएको छ।महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो । कार्यक्रमको सोमबार बुटवल वडा नम्बर ६ बाट शुभारम्भ गरिएको छ। कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख […]
ऋषि भट्टराई स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश लोकसेवा आयोगले आवश्यक जनशक्ति माग गर्दा पनि पदपूर्ति गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश लोक सेवा आयोग र बुटवल उपमहानगरपालिकाको आयोजनामा बुटवलमा भएको कार्यक्रममा प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुले आक्रोश पोखेका हुन । उनीहरुले स्थानीय तहहरुमा कर्मचारी अभावका कारण वडाहरुमा वडा सचिवहरु राख्न नसकेको, लेखा अधिकृत नहुँदा […]
ऋृषि भट्टराई बुटवल/ बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ। शुक्रबार भएको अनुगमनका क्रममा खसी बोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासु पसललाई दश हजारका दरले जरिवाना तिराइएको हो । बुटवल पूरानो बसपार्क नजिकैको न्यु मेहेदी मासु पसल र बुटवल १ को पप्पु मासु […]
एक जना हाकिमले प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय नै लत्याइदिएका छन् । तीन महिना अघि नै कार्यालयको प्रमुखको सरुवा अन्यन्त्र गरिए पनि उनी उक्त अड्डा भदौ महिनासम्म नछाड्ने अडानमा छन् । यसरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले गरेको सरुवाको निर्णय उल्टाइदिने हाकिम हुन रमेश गौतम । गौतम अहिले दाङको तुल्सीपुरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत छन् […]
लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्थानीय तह अन्तरगतका सहायक चौथो तह अप्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । कुल ५० जना कर्मचारी माग भएकामा इच्छुक उम्मेदवारले जेठ १७ गतेभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।