जिल्ला प्रशासन कार्यालय, लमजुङले सार्वजनिक पदधारण गरेका व्यक्ति तथा पदाधिकारीलाई मदिरालगायत महँगा उपहार तथा कोसेली नलिन आग्रह गरेको छ । जिल्लामा सार्वजनिक पदाधिकारीहरुसँगको औपचारिक तथा अनौपचारिक भेटघाटमा संलग्न मदिरालगायत महँगा उपहारहरु लिनेदिने गरेको गुनासो प्राप्त भएको भन्दै सिडियो कार्यालयले यस्तो अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयलले एक सूचना प्रकाशित गर्दै आफू […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका अधिकारी दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै ११ महिना पछि उनी पुन मुख्यमन्त्रीका रुपमा फर्किएका हुन । उनलाई संविधानको धारा १६८ (२) अनुसार दुई […]

अञ्जनकुमार  माधब नेपाल र झलनाथ खनालहरु बाहिरिएसगै एमालेमा गुटबन्दीको डडेलो साम्य भएको वा निभेको विश्लेषण गर्नेहरु धेरै थिए तर गण्डकी प्रदेशमा देखिएको स्थानीय,प्रदेशदेखि संघको निर्वाचन हुँदै पार्टी अधिवेशनमा छताछुल्ल पोखिएको गुटको फसलले हावा खुवाएको छ । सिङ्गै एमाले हुँदा माधव पक्षलाई पेलेर भित्तैमा पुर्याउन लागि पर्ने केपी ओली खेमाका मान्छे पार्टी विभाजनपछि खगराज अधिकारी र […]

एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)  चौथो पटक  पटक मन्त्री बनेका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसद बनाउन आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । त्यसको भोलिपल्टै आज सोमबार उनी मन्त्री नियुक्त भएका हुन् ।यसअघि उनी नेकपा एमालेका […]

गोरखा नगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरिदिएकी छिन् । उपमेयर मसली माया थोकरले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको कार्यकक्षमा गत बिहिबारदेखि ताल्चा लगाएकी हुन । गत २४ गते नगरपालिकाको १३ औं नगरसभाको आयोजना गरिएको थियो । नगरसभामा एकलौटी गरिएको आरोपसहित उपमेयरले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको बताइएको छ । थोकरले […]

अञ्जन कुमार नेपालीमा एउटा उखान छ,खानेमुखलाई जुँगाले छेक्दैन । त्यसै भनिएको होइन,जहाँ इच्छा त्यहाँ उपाय । दृढ इच्छाशक्तिका साथ आँट गरियो भने दुनिँयामा असम्भव भन्ने के छ र ? प्रहरीको ईलाका कार्यालयमा बजेट नै थोरै हुन्छ । प्रशासनिक खर्चका लागि बाहेक ईलाका कार्यालयमा बजेट नै छुट्टाइएको हुँदैन । राज्यले बिगतमा दिदै आएको बजेटमाथि समेत कैँची […]

आइतबार सिंहदरबार भित्रबाट फोहोर व्यवस्थापन भएन । मन्त्रालय, विभिन्न निकायसहित क्यान्टिन, बगैंचा र सडकहरुबाट संकलन भएको फोहोर त्यतिकै थुप्रिए । फोहोर नउठ्नुको कारण हो, सिंहदरबारको फोहोर नउठाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको निर्देशन । निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले शहरी विकास मन्त्रालयसँग गरेको सम्झौताका आधारमा सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको थियो । […]

२ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले […]

पछिल्लो वर्षमा उद्योगी व्यवसायीहरु नयाँ परियोजना तयार गरेर अघि बढ्न हच्किएका छन् । यसको असर अब बैंकको कर्जा विस्तारमा समेत पर्न थालेको छ । बैंकमा ऋणको माग नयाँ परियोजनामा लगानी गर्नभन्दा ब्याज भुक्तानी मिलाउनका लागि हुन थालेको बैंकरहरुको अनुभव छ । उनीहरुले यो विषय नेपाल राष्ट्र बैंकसँग पनि ‘सेयर’ गरेका छन् र गभर्नर महाप्रसाद अधिकारी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।