ऋषि भट्टराई बुटवल उपमहानगरपालिकाले जलसोत उपयोग र त्यससम्बन्धी  ऐनबारे बुटवलका खानेपानी समितिहरुसँग छलफल गरेको छ । नगरभित्रका ४४ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुसँग जलस्रोत ऐनबारे छलफल गर्दै नयाँ व्यवस्थाअनुसार समिति सञ्चालन गर्न आग्रह गरिएको छ । हिजो आयोजित कार्यक्रममा जलस्रोत ऐनबारे अधिवक्ता घनश्याम पन्त र समितिको अधिकारका बारेमा ध्रुव धितालले जानकारी गराएका थिए । कार्यक्रममा […]

ऋृषि भट्टराई बुटवल । बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी तयारी तयारी अगाडी बढेको छ । इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको हो । जसका लागि बुटवलमा रहेको स्थानीय व्यवस्थापन समिति र आम्दा नेपालले […]

ऋषि भट्टराई बुटवल, जेष्ठ २१ । बुटवलमा आज भएको कार्यक्रममा स्थानीय तहमा जनप्रतिनिधि र सञ्चारकर्मीको भूमिकाबारे छलफल भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले दलित तथा सिमान्तकृत समुदायको आवाजलाई सशक्त रुपमा  उठाउनु पर्नेमा सरोकारवाला हरुले जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्धारा सञ्चालित रेडियो जागरण ९३.६ मेगाहर्जले बुटवल उपमहानगरको सहयोगमा  बुटवलमा आयोजना गरेको सामाजिक समावेशिकरणको मुद्धामा […]

ऋृषि भट्टराई बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रम शुरु भएको छ।महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो । कार्यक्रमको सोमबार बुटवल वडा नम्बर ६ बाट शुभारम्भ गरिएको छ। कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख […]

ऋषि भट्टराई स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश लोकसेवा आयोगले आवश्यक जनशक्ति माग गर्दा पनि पदपूर्ति गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश लोक सेवा आयोग र बुटवल उपमहानगरपालिकाको आयोजनामा बुटवलमा भएको कार्यक्रममा प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुले आक्रोश पोखेका हुन । उनीहरुले स्थानीय तहहरुमा कर्मचारी अभावका कारण वडाहरुमा वडा सचिवहरु राख्न नसकेको, लेखा अधिकृत नहुँदा […]

ऋृषि भट्टराई बुटवल/ बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ। शुक्रबार भएको अनुगमनका क्रममा खसी बोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासु पसललाई दश हजारका दरले जरिवाना तिराइएको हो । बुटवल पूरानो बसपार्क नजिकैको न्यु मेहेदी मासु पसल र बुटवल १ को पप्पु मासु […]

एक जना हाकिमले प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय नै लत्याइदिएका छन् । तीन महिना अघि नै कार्यालयको प्रमुखको सरुवा अन्यन्त्र गरिए पनि उनी उक्त अड्डा भदौ महिनासम्म नछाड्ने अडानमा छन् । यसरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले गरेको सरुवाको निर्णय उल्टाइदिने हाकिम हुन रमेश गौतम । गौतम अहिले दाङको तुल्सीपुरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत छन् […]

लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्थानीय तह अन्तरगतका सहायक चौथो तह अप्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । कुल ५० जना कर्मचारी माग भएकामा इच्छुक उम्मेदवारले जेठ १७ गतेभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।  

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा अनियमितता चुलिएको छ । स्थायी कर्मचारीहरुलाई जोकरफाल्तु बनाएर करार र दबन्दीभन्दा बाहिरका कर्मचारीहरुलाई वडा सचिवको जिम्मेवारी दिइएकै थियो । सिनियर कर्मचारीको शाखा खोसेर हालैमात्र जुनियर कर्मचारीलाई शाखा प्रमुख बनाइएको बिषय उत्कर्षमा पुगेको छ,त्यहाँ । जिल्लामा  ६१ वटा वडा छन् । नगरपालिकाको सबैभन्दा ठूलो र बजार क्षेत्रको १ नम्बर वडामा करार र […]

सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीले अवैध रुपमा ल्याइएको १० हजार केजी प्याजको गाडी बरामद गरेको छ । १० हजार केजी प्याज, बोरा सिलाउने मेसिन र गाडीको बिगो मूल्य सहित कायम गरी  ५० लाख बराबरको अवैध सामान बरामद गरी आज भैरहवा भन्सार कार्यालयमा प्राप्त भएको प्रमुख नारद गौतमले जानकारी दिए । रुपन्देहीको सिद्धार्थनगर ४ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।