मुख्यमन्त्रीलाई समेत जानकारी नदिई सुटुक्क जापान गएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारीले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीको भूमिकामा रहेका अधिकारीले पदबाट राजीनामा दिएका हुन। उनी क्याविनेटबाट स्वीकृति नलिई जापान भ्रमणमा गएको विषय विवादमा परेका थिए । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र […]

कोशी प्रदेशका चौथो तहका कर्मचारीहरुले बढूवाको विज्ञापनमा सहभागी हुन माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका छन । हालैमात्र कोशी प्रदेशले निकालेको बढुवाको विज्ञापनमा सामेल हुनका लागि सेवाकालीन तालिम अनिवार्य भएको सूचना निलकालिएसँगै कोशी प्रदेशका चौथो तहका स्थायी कर्मचारीहरुले उक्त बढुवाका विज्ञापनमा सेवाकालीन तालिम अनिवार्य रहेको व्यवस्था हटाउन माग गरिएको छ । कर्मचारीहरुले मुख्यमन्त्री […]

  कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसदले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र गणेश उप्रेतीले संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस प्रमुख सचेतक […]

आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेश सरकारले भ्रमण र अनुगमन, मूल्याङ्कनको नाममा गरेको कुल खर्च रु.१३ करोड ९६ लाख ८ हजार छ। योमध्ये भ्रमण शीर्षकमा मात्रै रु.३ करोड ४२ लाख रुपैयाँ छ। हरि अधिकारी/किशोर बुढाथोकी | खोज पत्रकारिता केन्द्र विराटनगरबाट काठमाडौं हवाई भाडा प्रतिव्यक्ति अधिकतम रु.९ हजार ९०० छ। सामान्य अवस्थामा रु.५ हजार ७०० मात्र लाग्छ। तर; […]

कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए। ३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेश भित्रका सरकारी कार्यालय, स्थानीय […]

कोशी प्रदेश सरकारले  भोलि (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए। ३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेश भित्रका सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको लुइँटेलले जानकारी दिए।

कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कृष्ट घोषित भएको छ । गृह मन्त्रालयले मंगलबारमात्र देशभरका स्थानीय तहहरुको कार्यसम्पादन मूल्याकनको आधारमा नतिजा सार्वजनिक गरेको थियो । उक्त नतिजा अनुसार कोशी प्रदेशकै जिल्लाहरुमध्ये तेह्रथुम उत्कृष्ट घोषित भएको हो । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौताका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको […]

कोशीका पूर्व मुख्यमन्त्री र प्रदेशका सचिवबीचको लफडा अहिले सतहमा आएको छ । पूर्वमुख्यमन्त्रीले धाक धम्की दिएको भन्दै प्रदेश सचिव न्याय खोज्दै प्रहरी प्रशासन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् भने पूर्वमुख्यमन्त्रीको सचिवालयले खण्डन गर्दै सचिवमाथि गम्भीर आरोप लगाएको छ । मंगलबारमात्र,कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई शौचालयमा थुन्ने र […]

कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईं नियुक्त भएका छन् । निजामती सेवामा ३७ बर्ष बिताएर २०७९ सालमा अवकाश पाएका गुरागाईलाई आइतबार बसेको सिफारिस समितिको बैठकले आयोगको अध्यक्षमा गुरागाईंको नाम सिफारिस गरेको थियो । लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई अध्यक्ष नियुक्त गरे ।खरिदारबाट निजामती सेवामा पाइला राखेर दुई बर्ष अघि सचिवबाट अवकाश पाएका […]

कोशी प्रदेशका लेखा अधिकृतहरु काममा फर्किएका छन् । विगत ९ दिनदेखि काम छाडेर आन्दोलनमा होमिएका कर्मचारीहरु शुक्रवारदेखि काममा फर्किएका हुन ।प्रदेश सरकारको उधारो आश्वासन पछि उनीहरु आजबाट काममा फर्किएका हुन । कोशी प्रदेश सरकार मातहतका लेखाका कर्मचारीहरू असार ६ गतेदेखि आन्दोलनमा उत्रिएका थिए । आर्थिक बर्षको अन्त्यमा उनीहरुको आन्दोलनका कारण प्रदेशको सबैखाले भुक्तानी रोकिएको स्थिति […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।