कोशी
कोशीका पूर्व मुख्यमन्त्री र प्रदेशका सचिवबीचको लफडा अहिले सतहमा आएको छ । पूर्वमुख्यमन्त्रीले धाक धम्की दिएको भन्दै प्रदेश सचिव न्याय खोज्दै प्रहरी प्रशासन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् भने पूर्वमुख्यमन्त्रीको सचिवालयले खण्डन गर्दै सचिवमाथि गम्भीर आरोप लगाएको छ । मंगलबारमात्र,कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई शौचालयमा थुन्ने र […]
कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईं नियुक्त भएका छन् । निजामती सेवामा ३७ बर्ष बिताएर २०७९ सालमा अवकाश पाएका गुरागाईलाई आइतबार बसेको सिफारिस समितिको बैठकले आयोगको अध्यक्षमा गुरागाईंको नाम सिफारिस गरेको थियो । लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई अध्यक्ष नियुक्त गरे ।खरिदारबाट निजामती सेवामा पाइला राखेर दुई बर्ष अघि सचिवबाट अवकाश पाएका […]
कोशी प्रदेशका लेखा अधिकृतहरु काममा फर्किएका छन् । विगत ९ दिनदेखि काम छाडेर आन्दोलनमा होमिएका कर्मचारीहरु शुक्रवारदेखि काममा फर्किएका हुन ।प्रदेश सरकारको उधारो आश्वासन पछि उनीहरु आजबाट काममा फर्किएका हुन । कोशी प्रदेश सरकार मातहतका लेखाका कर्मचारीहरू असार ६ गतेदेखि आन्दोलनमा उत्रिएका थिए । आर्थिक बर्षको अन्त्यमा उनीहरुको आन्दोलनका कारण प्रदेशको सबैखाले भुक्तानी रोकिएको स्थिति […]
प्रोत्साहन भत्ता खोज्दै सिंहदरबारमा संघीय संसद सेवाका कर्मचारीहरु आन्दोलनमा उत्रिए । साता बढी लामो आन्दोलन पछि उनीहरुको मागलाई सम्बोधन गरेको छ सरकारले । आवास सुविधा शतप्रतिशत,अफिस समय अघि पछिको दैनिक एक सयका दरले खाजा खाना भत्ता,शैक्षिक वृत्ति लगायतका सात बुँदे सहमति पछि संसद सेवाको कर्मचारीको आन्दोलन मत्थर भएको छ । उता कोही प्रदेशमा लेखाका अधिकृतहरुको […]
प्रोत्साहन भत्ता खोज्दै सिंहदरबारमा संघीय संसद सेवाका कर्मचारीहरु आन्दोलित छन् । गत सातादेखि आन्दोलनमा उत्रिएका उनीहरुको माग सुनुवाई भएको छैनन् । विभिन्न ११ बुँदे माग राखेर हातमा कालोपट्टी बाध्दै आन्दोलनमा उत्रिरहेका छन्,संघीय संसद सेवाका कर्मचारीहरु । उता,कोशी प्रदेशका लेखा अधिकृत काम छाडेर आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती ऐनले लेखा अधिकृतलाई विभेद गरेको गुनासो गर्दै […]
आर्थिक बर्षको अन्त्य,धमाधम चेक काट्नुपर्ने समय तर लेखाका कर्मचारीहरु भने आन्दोलनमा उत्रिएका छन् । कोशी प्रदेश लोकसेवा आयोगले गत चैत्र अन्तिम साता खोलेको विज्ञापनप्रति कर्मचारीहरुले आपत्ति जनाउँदै आएका छन् । लोकसेवा आयोगले नवौं तहको लागि विज्ञापन खोलेको थियो गत चैत २६ मा । उक्त विज्ञापन प्रदेश निजामती ऐन विपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू […]
केन्द्रमा प्रधानमन्त्री प्रचण्ड सत्तामा टिक्ने नाममा प्रदेशका संरचनाहरु अस्थिर बनाइएको छ । जस्को पराकम्प गण्डकीमा शुरु भएको छ । ५३ दिन अघि मुख्यमन्त्रीमा नियुक्त भएका र विश्वासको मत लिएको २३ दिनपछि नै त्यहाँका मुख्यमन्त्री खगराज अधिकारी कुर्सीबाट हट्नुपर्ने भएको हो । सर्वाेच्चको परमादेशसँगै त्यहाँका मुख्यमन्त्री खगराज अधिकारी हटेर उक्त स्थानमा सुरेन्द्रराज पाण्डे नियुक्त हुने भएका […]
मारवाडी दाजुभाईले देश त लुटेकै थिए तर मारवाडीहरुबाटै म मारवाडी ठगिँए र लुटिएको देख्दा छक्क परि रहेको छु । दुई दशक बढी समय बित्यो जस्तापाताको कारोवार थालेको । यस अघि काका कैलाशचन्द्र कान्छादेवी अग्रवालले सम्हालिरहनुभएको थियो यो व्यवसायको सम्राज्य । उहाँहरुको हत्या भयो । दरवार हत्याकाण्डझैं रहष्यको गर्भमै छन्,को हुन हत्याराहरु । त्यस समयमा भतिज […]
प्रधानमन्त्री प्रचण्ड सत्तामा टिकिरहने नाममा गठबन्धन परिवर्तन भएसँगै प्रदेश संरचनाहरु समेत अस्थिर भए र भत्किए । प्रदेशका सभामुखले नै मुख्यमन्त्रीका लागि मतदान गरेको बिषय अहिले सर्वाेच्चमा पुगेको छ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ शुक्रबारर न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका अनुसार उनको इजलासमा उक्त मुद्दा दुई […]
कोशी प्रदेश लोकसेवा आयोगले गत साता खोलेको विज्ञापनप्रति कर्मचारीहरुले आपत्ति जनाएका छन् । लोकसेवा आयोगले नवौं तहको लागि विज्ञापन खोलेको थियो गत चैत २६ मा । उक्त विज्ञापन प्रदेश निजामती ऐन विपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू रुष्ट बनेका हुन् । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फ विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक […]