बीमा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार श्री मनोज गजुरेलज्यूलाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसक्नुभएका गजुरेलज्यूलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।सम्झौता पत्रमा प्रभु महालक्ष्मी […]
इजाजत नलिई बीमा प्रकृतिका व्यवसाय गर्नेहरु नेपाल बीमा प्राधिकरणको फन्दामा पर्ने भएका छन्। नेपाल बीमा प्राधिकरणले आज एक सूचना सार्वजनिक चेतावनी दिएको हो। बीमा ऐन २०७९ को दफा २४ अनुसार यस प्राधिकरणबाट इजाजतपत्र नलिइ कसैले पनि बीमा, पुनर्बीमा, बीमाकोषजस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसायसम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, […]
धितो तथा कर्जा प्रवाहको बिषयलाई आफ्ना एक पछि अर्काे कर्मचारीले पक्राउ गर्न थालेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आपत्ति जनाएको छ । धितो तथा कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै बैंकरलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनु गलत भएको सिबिफिनले जनाएको हो । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम […]
राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । कम्पनीले आज सूचना प्रकाशित गर्दै आवेदन मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी २१ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आवेदन पेश गर्न सक्ने सूचनामा भनिएको छ । आवेदकले बीमा, मौद्रिक, बैंकिङ, वित्तिय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, […]
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ । विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रू ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी […]
आइतबार सिंहदरबार भित्रबाट फोहोर व्यवस्थापन भएन । मन्त्रालय, विभिन्न निकायसहित क्यान्टिन, बगैंचा र सडकहरुबाट संकलन भएको फोहोर त्यतिकै थुप्रिए । फोहोर नउठ्नुको कारण हो, सिंहदरबारको फोहोर नउठाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको निर्देशन । निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले शहरी विकास मन्त्रालयसँग गरेको सम्झौताका आधारमा सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको थियो । […]
२ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले […]
पछिल्लो वर्षमा उद्योगी व्यवसायीहरु नयाँ परियोजना तयार गरेर अघि बढ्न हच्किएका छन् । यसको असर अब बैंकको कर्जा विस्तारमा समेत पर्न थालेको छ । बैंकमा ऋणको माग नयाँ परियोजनामा लगानी गर्नभन्दा ब्याज भुक्तानी मिलाउनका लागि हुन थालेको बैंकरहरुको अनुभव छ । उनीहरुले यो विषय नेपाल राष्ट्र बैंकसँग पनि ‘सेयर’ गरेका छन् र गभर्नर महाप्रसाद अधिकारी […]
नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । सोमबार बसेको बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० […]