वैशाख ९, बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको […]

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती ऐन छिट्टै संसदबाट पारित हुने बताएका छन् । मुलुक संघीयतामा गए पनि लामो समयसम्म पारित हुन नसकेको संघीय निजामती ऐन छिट्टै पारित हुने मन्त्री जोशीले बताएका हुन् । उनले सङ्घीय निजामती ऐनमाथि दफावर छलफल गर्ने तयारीमा रहेको बताउँदै यो ऐन कार्यान्वयनमा जाँदा ठुलो उपलब्धि हुने […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले नया सरकार गठनका लागी आज बहुमत सदस्यको हस्ताक्षर सहति प्रदेश प्रमुख अमिक शेरचन समक्ष आफ्नो दाबी पेस गरेका छन् । उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले हस्ताक्षर गरेका […]

सहज सार्वजनिक सेवा प्रवाह कर्मचारीहरुको प्रमुख र पहिलो दायित्व भएको अर्घाखाँचीका नयाँ प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले बताए । गृह मन्त्रालयले चैत्र ०६ गते गरेको सरुवामा अर्घाखाँची पदस्थापन भएका प्रजिअको एक कार्यक्रमबीच निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समितिले स्वागत गरेको हो । कार्यक्रममा प्रजिअ खत्रीले नीति, नियम, विधी र पद्दतीलाई शिरोधार्य गर्दै […]

लुम्बिनी क्षेत्रको पर्यटन प्रर्वद्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ एनआरएनए र ४ नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा हिजो बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा।बद्री केशी, एनआरएनएका पर्यटन प्रर्वद्धन समितिका संयोजक सोम सापकोटा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुशलमान, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, देबदह नगरपालिकाका मेयर ध्रुब खरेल र रामग्राम […]

बुटवल । बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई आज उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवलको विभिन्न स्थानमा मकै पोल्ने र सालको पात बेचेर जीवन गुजारा गरिरहेका ३७ जना महिलाहरुलाई जनही ५ हजारका दरले सहयोग उपलब्ध गराएको हो […]

ऋृषि भट्टराई समाज यही हो,गाउँ –ठाउँ यही । बुद्ध,आइन्सटाइन,ग्यालिलियो,जिससजस्ता मुक्त पुरुषलाई पागल भन्ने र ढुङ्गाले हान्न पछि परेन भने उनी त साधरण मान्छे । गुल्मीको मदाने गाउँपालिका ४, म्यालपोखरीका जन्मिएका विनोद कुँवरले पनि यस्ता तुच्छ बचन त कति सुने कति । कहाव छ नि ‘सबसे कडा हें रोग क्या कहंगे लोक’। उनले दुनिँयाको कुरा सुनेनन्,आफ्नै […]

ऋषि भट्टराई रुपन्देही । अष्ट्रेलियामा रहदै आएका गुल्मी मदानेका विनोद कुँवरको नीजि लगानीमा रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला ९ महिनामै तयार भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ पूर्व दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको पहिलो चरणको कार्य ९ महिनामै सम्पन्न भएपछि भोलि उद्घाटन खेलको आयोजना गर्न लागिएको हो । ९ महिनामै खेलमैदान तयार […]

रुपन्देहीस्थित देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटामाथि कुटपिट भएको छ । उनीमाथि वडा अध्यक्षहरुले कुटपिट गर्नुका साथैं कार्यकक्षमा समेत ताला लगाइदिएका थिए । वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी समेत तोडफोड गरेर फुटाइदिएका छन् । नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा अनियमितता भएको आरोप लगाउँदै वडा अध्यक्षहरुले उनीहरुको कार्यकक्षमा ताला लगाउनुका अलवा […]

नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा अनियमितता भएको आरोप लगाउँदै वडा अध्यक्षहरुले उनीहरुको कार्यकक्षमा ताला लगाइदिएका छन् । प्रंसग हो, देवदह नगरपालिकाको ।सो पालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आर्थिक अनियमितता चुलिएको भन्दै नगरपालिकाकाका ८ वटा वडाका वडाध्यक्षले सामुहिक रुपमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ठोकेका हुन । सो पालिकाको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।