कोशी प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा २ सय २१ जना माग गरेको छ । प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदमा २ सय २१ जना माग गरेको हो ।  प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) […]

अख्तियारले मेलम्ची खानेपानी आयोजनाको पौने आठ अर्वको बढी भ्रष्टाचार मुद्धा दायर गरेकै दिन विशेष अदालतले पौने आठ करोड भ्रष्टाचार मुद्धा खेपिरहेका पूर्व उपकुलपतिलाई सफाई दिएको छ । आइतबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा चार पूर्व सचिवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, […]

आइतबार सिंहदरबार भित्रबाट फोहोर व्यवस्थापन भएन । मन्त्रालय, विभिन्न निकायसहित क्यान्टिन, बगैंचा र सडकहरुबाट संकलन भएको फोहोर त्यतिकै थुप्रिए । फोहोर नउठ्नुको कारण हो, सिंहदरबारको फोहोर नउठाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको निर्देशन । निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले शहरी विकास मन्त्रालयसँग गरेको सम्झौताका आधारमा सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको थियो । […]

२ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले […]

पछिल्लो वर्षमा उद्योगी व्यवसायीहरु नयाँ परियोजना तयार गरेर अघि बढ्न हच्किएका छन् । यसको असर अब बैंकको कर्जा विस्तारमा समेत पर्न थालेको छ । बैंकमा ऋणको माग नयाँ परियोजनामा लगानी गर्नभन्दा ब्याज भुक्तानी मिलाउनका लागि हुन थालेको बैंकरहरुको अनुभव छ । उनीहरुले यो विषय नेपाल राष्ट्र बैंकसँग पनि ‘सेयर’ गरेका छन् र गभर्नर महाप्रसाद अधिकारी […]

नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१०  रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । सोमबार बसेको बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० […]

मधुमास भनिने १०० दिन प्रचण्ड सरकारका लागि कहाँबाट गणना गर्ने ? पुस १० गतेबाट कि फागुन ११ गतेबाट ? ‘बालकोटका बार्दली बा’ ले समर्थन दिएर प्रधानमन्त्री बनाइदिएका दिनबाट कि कांग्रेसले प्रचण्डलाई एमालेको पोल्टाबाट खोसेर आफ्नो खोकिलामा लुकाएको दिनबाट ? खासमा यो एउटै सरकार हो कि दुइटा ? राजनीतिक, नैतिक र नीतिगत आधारमा प्रचण्डलाई कसको सरकार […]

उनले दुवैलाई केही दिन खबर चक्रबाट पूर्णरुपमा विश्राम दिन चाहेका थिए । किनकि, दुवैको मानसिक स्वास्थ्य अवस्थाबारे उनी चिन्तित थिए । उनले ती दुई पत्रकारलाई बिदा बस्न मात्र भनेनन्, समाचारका स्रोत र सामाजिक सञ्जालबाट पनि टाढा रहन भनेका थिए । कारण – सेखरीले आफ्ना संवाददातामा ट्रमाको संकेत देखिरहेका थिए । हिंसात्मक घटना भएका स्थानमा लामो […]

मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् । आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए । बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।