बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय जना २ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपदमा परी १०१ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा बढी […]

प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले अधिकृत सातौं तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर ४७/ ८०- ८१ का लागि प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फ खुला,महिला,आदिवासी जनजाती,दलित,थारु,मधेसी गरी एकमुष्ट नतिजा सार्वजनिक गरेको हो । आयोगले सबै परीक्षा पार गरेका ५७ उमेद्धारहरुलाई नियुक्तिका लागि सिफारिस गरेको छ । सिफारिस-सूचना-प्रशासन-1726754855    

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा अनुसार रसुवा जिल्लाका पाँच पालिकामध्ये उत्तरगया गाउँपालिका अब्बल देखिएको छ ।  सामान्य प्रशासनले देशैभरका ७५३ स्थानीय तहको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)को शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार रसुवा जिल्लाका पाँच पालिकामध्ये उत्तरगया अब्बल ठहरिएको हो । मन्त्रालयले आर्थिक बर्ष ०७९/ ८० को स्थानीय तह संस्थागत क्षमता […]

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेश हेटौंडाले प्रदेशका  ४० कर्मचारीलाई अधिकृतस्तर (सातौं) तहमा बढुवा गरेको छ । बाग्मती प्रदेशभित्रका विभिन्न कार्यालयमा कार्यरत छैंटो तहका अधिकृतहरुलाई प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको ८० पुस ९ गते प्रकाशित बढुवा सूचना अनुसार कार्यक्षमता मुल्यांकनका आधारमा १८ र जेष्ठता र कार्यसम्पादन मुल्याकनका आधारमा २२ गरी ४० जना छैंटौ तहका कर्मचारीहरुलाई […]

मुलुकमा सुशासन कस्तो छ भन्ने कुरा बर्षाैदेखि यातायात कार्यालयमा रजगज गर्दै आएका कर्मचारीबाट बोध गर्न सकिन्छ । निजामती सेवा ऐनले हरेक दुई बर्षमा सरुवा हुनुपर्ने प्रावधान राखिएको छ तर यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले आफ्नो बपौतीजस्तो ठानी आजीवन यातायात कार्यालयमा मात्र जागिर खाने गरेको देखिन्छ । यस्को कारण के होला ? कारण स्पष्ट छ,त्यहाँ हुने आर्थिक […]

गृह मन्त्रालयको कार्यसम्पादन रिर्पोटमा रसुवा जिल्ला प्रशासन यस पटक पनि ए प्ल ग्रेड ल्याएको छ ।  गृह मन्त्रालयले ७७ जिल्लाको प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन रिर्पोट सार्वजनिक गरेको छ । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच अघिल्लो बर्ष भएको कार्यसम्पादन मुल्यांकनमा रसुवा जिल्ला प्रशासनले ९१ दशमलव ४३७ अंक सहित ए प्लस […]

नेपाली काँग्रेसभित्र गुटगत राजनीति कुन रुपमा मौलाउँदै छ भन्ने एउटा सानो उदाहरण हो,बाग्मती प्रदेशको मन्त्रिपरिषद् बिस्तार ।बाग्मती प्रदेशभित्र सबैभन्दा पिछडिएको जिल्ला मानिने रसुवा जिल्लाका एक तमाङका छोरा यही गुटगत राजनीतिको चरम शिकार बनेका छन् । चार दिन अघि मन्त्री नियुक्त भएका उनले बधाई प्रशस्तै खाए । तर उधारो बधाई मात्र खाए मन्त्रीको शपथ खानै पाएनन् […]

घुस लिँदै गर्दा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइरालाको साथबाट १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको जनाइएको छ । भरतपुरस्थित एक होटलबाट कोइरालालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनले औषधी […]

रसुवा जिल्लाका एक पालिका वडा अध्यक्षले सार्वजनिक जग्गा मिचेर बंगला ठडाएको बिषयले अख्तियार,सदरमुकाम धुन्चेदेखि टिमुरेसम्म हलचल मच्चिएको छ । गोसाइकुण्ड गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष मिङमर छिरिङ तमाङ यस्तो बदमासीमा मुछिएको भन्दै अख्तियारमा उजुरी परेपछि हलचल मच्चिएको छ । गोसाईकुण्ड गाउँपालिका वडा नं २ निवासी मिङमर छिरिङ तमाङको कित्ता नं १२५ र १५८ मा कानुन विपरित […]

सरकारी अधिकारीहरुले रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकामा २ करोड २८ लाख ७७ हजार बेरुजु रहेको औल्याएका छन् । गत आर्थिक बर्षको उक्त पालिकाको लेखापरीक्षण गर्दा २ करोड २८ लाखको हिसाब किताब गोलमाल भएको महालेखाका अधिकृतहरुले प्रतिवेदन तयार पारेको छन् । महालेखाले तयार पारेको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार उक्त पालिकाले असुल उपर गर्नुपर्ने बेरुजु १० लाख […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।