वाग्मती
संसद् बैठकमा उपस्थित भएर नीति निर्माणमा सहभागी हुनु र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनु सांसदको जिम्मेवारी नै हो । तर, रसुवावासीले निर्वाचनबाट जिताएर संघीय संसद बनाएर पठाएका इ. मोहन आचार्य विना सूचना पाँच बैठकमा बैठकमा अनुपस्थित रहेको विवरण संघीय संसद सचिवालयले दिएको छ । गत माघमा शुरु भएर वैशाखमा हठात अन्त्य भएको हिँउदे अधिवेशनमा रसुवाका […]
लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय,रसुवामा तोडफोड भएको छ । आज बिहान कार्यालयमा प्रवेश गरेका काँग्रेस निकटका भातृ संगठनको टोलीले त्यहाँ तोडफोड गरेको जनाइएको छ । तरुण दल,नेपाल विद्यार्थी युनियन,पार्टीका क्षेत्रीय सभापति,जिल्लाका प्रतिनिधिहरुको टोली बिहान निकुञ्जको धुञ्चेस्थित कार्यालयमा पुगेका थिए । करिब ६०/ ७० जनाको समूहमा रहेको टोलीले त्यहाँ प्रवेश गरेर तोडफोड गरेको जनाइएको छ । उक्त […]
सरकारले सहसचिव गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको कायममुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारी दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त प्रदेश प्रमुख सचिवमा कार्कीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए। मन्त्री शर्माले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख […]
अनलाइनमार्फत अस्थायी बाटो इजाजत (पटके) लिने र भुक्तानी गर्ने सेवाको सुरु भएको छ । मंगलबार यातायात व्यवस्था सेवा कार्यालयले सल्लाघारीमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले उक्त सेवाको शुभारम्भ गरेका हुन । मन्त्री लम्सालले अस्थायी पटके भुक्तानीबाट व्यवसायीहरुले वर्षौंदेखिको अन्यौलता र अव्यवहारिक झन्झटमुक्त हुने बताउँदै अनलाइन मार्फत भुक्तानी […]
डडेलधुराका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार भएको घटना साम्य नहुँदै फेरि धादिङको सिद्धलेक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार भएको छ । मंगलबार गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले पालिकास्तरको सर्वदलीय बैठक बोलाएका थिए । दिउँसो शुरु भएको बैठक साँझ ७ बजेसम्म चलेको थियो । बैठकपछि गिरीले वलीको कार्यकक्षमा पुगेर फाइलमा तुरुन्त तोक लगाउन निर्देशन दिए । तर, […]
रातारात नियमावली सशोधन गरेर रसुवाली जनतामाथि नालझेल गरेको साञ्जेन जलविद्युत कम्पनीविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको छ । गत ३० फागुनमा दायर भएको रिटमा उच्च अदालत पाटनले आज पेसी तोकेर दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । जालसाँझीपूर्वक नियमावली संशोधन गरी रसुवावासीलाई सञ्चालक समितिमा बस्न बाट रोक लगाउने निर्णय गरेको सान्जेन जलविद्युत आयोजनालाई आज […]
६ बर्ष अघि जिल्ला प्रशासन कार्यालयमा बसेर बदमासी गर्ने अधिकृतद्धय अहिले पक्राउ परेका छन् । प्रशासनमा बसेर विदेशी नागरिकलाइृ नेपाली नागरिकता दिनदेखि दोहोरो नागरिकता जारी गर्ने बदमासीमा मुछिएका अधिकृतहरुलाई अहिले प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ परेका कर्मचारी हुन झपेन्द्रराज खरेल र रामचन्द्र अर्याल ।अर्याललाई केही दिन अघि मात्र हेटौंडाबाट समाएर ल्याइएको छ भने […]
पछिल्लो समय सुन तस्करीको हब बन्दै गएको छ,रसुवा जिल्ला । यही जिल्लाका एक जना भन्सार अधिकृत समेत सुन तस्करी प्रकरणमा मुछिएका छन् । सुन तस्करी जाँचबुझ आयोगले सुन तस्कर विदेशी नागरिकसँग घुस डिल गर्ने ती अधिकृत उपर कारवाहीका लागि सिफारिस गरिएको छ । सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले सुन तस्करीका नाइके मानिएका […]
सान्जेन जलविद्युत कम्पनीले जालसाँझीपूर्वक नियमावली परिवर्तन गरे पछि रसुवावासीहरु क्रुद्ध भएका छन् । कम्पनीले रसुवावासीलाई सञ्चालकसमितिबाट हटाउने नियतका साथ गुपचुप रुपमा बैठक बसेर नियमावली परिवर्तन गरेको भेटिएपछि रसुवावासीहरुको प्रतिनिधित्व गर्दे ज्ञापनपत्र बोकेर एउटा टोली अहिले जलविद्युत केन्द्रीय कार्यालयमा पुगेका छन् । आमाछोदिङमो गाउँपालिकाका एमालेका अध्यक्ष फुर्पु सिङ्गी तामाङ, नेपाली काँग्रेसका पालिका सभापति दावा नोर्चुङ तामाङ […]
विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक जना अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचतन्द्र अर्याललाई चिनिँया नागरिकहरुलाई नागरिकता दिलाएको आरोपमा पक्राउ गरेको हो । सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा उनलाई प्रहरीले कार्यालयबाटै पक्राउ गरेको हो । काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा […]