बिचौलिया भट्टको जालोमा सम्पत्ति शुद्धिकरण डिजीकी श्रीमतीको सेयर भेटिएपछि अनुसन्धानमा प्रश्न

बिचौलिया दीपक भट्ट र उनको व्यावसायिक समूहसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण प्रकरणले नयाँ मोड लिएको छ। अनुसन्धानकै केन्द्रमा रहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरकी पत्नी राखी निहारिका ठाकुर संस्थापक शेयरधनी रहेको तथ्य सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। बिज्ञापन