मुख्य सचिवको निर्देशन बेवास्ता: रेग्मी–खड्काको सरुवा बजार खुला, कर्मचारीहरू दबाबमा

काठमाडौं – देश जेन–जेड आन्दोलनको आगोमा ततिरहेको संवेदनशील समयमा भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सरुवाको ‘बजार’ खुलेको छ। स्रोतहरूका अनुसार, महानिर्देशक शिवप्रसाद रेग्मीले बिचौलिया प्रमोद खड्काको इशारामा मुख्य सचिव एकनारायण अर्यालको निर्देशनलाई समेत बेवास्ता गर्दै आफ्नै मनोमानी ढंगले कर्मचारी सरुवा अगाडि बढाइरहेका छन्। बिज्ञापन