तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

सरकारी अस्पताल जनताको स्वास्थ्य उपचारको भरोसाको केन्द्र हुनुपर्ने हो। त्यहाँ कर्मचारी व्यवस्थापन, प्रशासनिक निर्णय, खरिद प्रक्रिया र सेवा प्रवाह कानुन तथा विधिअनुसार चल्नुपर्ने हो। तर तनहुँको दुलेगौंडास्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा भने वर्षौंदेखि एउटै व्यक्तिको नेतृत्व र काजलाई लिएर गम्भीर प्रश्न उठेका छन्। बिज्ञापन