मुस्ताङमा २८ करोड बराबरको भेप नियन्त्रण: तस्करी गर्ने सात जना पक्राउ

नेपाल–चीन सीमावर्ती क्षेत्रमा इलेक्ट्रोनिक चुरोट (भेप) तस्करीको संगठित सञ्जाल सक्रिय रहेको संकेत गर्ने दुई ठूला घटना सार्वजनिक भएका छन्। मुस्ताङको कोरोला नाका हुँदै काठमाडौंतर्फ ल्याइँदै गरिएको करिब २८ करोड रुपैयाँ बराबरको भेपसहित दुई कन्टेनर नियन्त्रणमा परेका छन् भने सिन्धुपाल्चोकको कादेरीजवाट जंगलको बाटो प्रयोग गरी भित्र्याइएको भेपसहित सात जना पक्राउ परेका छन्। बिज्ञापन