कोरोला नाकाबाट संगठित तस्करी: सुरक्षा निकाय र कर्मचारीकै मिलेमतोको आशंका

मुस्ताङस्थित चीन–नेपाल सीमाको कोरोला नाकाबाट भित्रिएको करोडौँ मूल्य बराबरको इलेक्ट्रोनिक चुरोट (भेप) बरामद प्रकरणले सीमावर्ती क्षेत्रमा सक्रिय सम्भावित तस्करी सञ्जालमाथि गम्भीर प्रश्न उठाएको छ। मुस्ताङ भन्सार कार्यालयको सक्रिय निगरानी र ‘फिल्ड अपरेशन’पछि दुईवटा गाडी नियन्त्रणमा लिँदा करिब १ लाख २० हजार पिस भेप, रेडिमेड सामान तथा जुत्तासमेत बरामद भएपछि घटनाले राष्ट्रियस्तरमै चासो तानेको हो। बिज्ञापन