सरकार ‘शून्य बाँकी फाइल’ अभियानमा, तर संघीय सचिवालय निर्माण कार्यालयमा प्रतिशत विवादले फाइल थन्किए

काठमाडौँ । सरकारले सरकारी कार्यालयहरूमा थन्किएका फाइल टुङ्ग्याउने उद्देश्यले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चैत ३० देखि वैशाख ७ गतेसम्म सबै सरकारी कार्यालयमा अभियान लागू गर्न ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको हो। बिज्ञापन