एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको एडीबी निर्देशनालय यतिबेला एउटा व्यक्तिको पकडमा छ—सुपरिटेन्डेन्ट इन्जिनियर चुडाराज ढकाल। तीन वर्षदेखि एउटै ‘मालदार’ कार्यालयमा जरा गाडेर बसेका ढकालमाथि राजनीतिक आडमा कमिसनको खेल चलाएको, कर्मचारी सरुवा नियन्त्रण गरेको र राष्ट्रिय गौरवका सडक आयोजना धराशायी बनाएको गम्भीर आरोप लागिरहेका छन्। बिज्ञापन