‘आइरन चक्की’ सेटिङका सूत्रधार सचिव देवकोटा! १५ करोडको खेल अख्तियारमा

काठमाडौँ – स्वास्थ्य क्षेत्रमा फेरि एक पटक ठूला घोटालाको परम्परा दोहोरिएको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले गर्भवती महिलाका लागि खरिद गर्न लागिएको १५ करोड मूल्य बराबरको ‘आइरन फोलिक एसिड चक्की’ खरिदमा व्यापक अनियमितता र मिलेमतो भएको आरोप सार्वजनिक भएको छ। बिज्ञापन