बिज्ञापन
चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
दिनेश डिसीको कार्यकाल सकिएपछि रिक्त रहेको विकास वोर्ड अध्यक्षका लागि प्रतिष्प्रर्धामा अमर दीप सापकोटा, जयन्ती ओझा, जेनीस पाहारी र डम्बरबहादुर बुढाथोकी, दिपा पाण्डे, नरेशकुमार केसी, नरेशकुमार पौड्यालका अलवा निशा अधिकारी, भगवतीकुमारी (मैनाली)उप्रेती, मनिष पण्डित र सुवास कोइराला प्रतिष्प्रर्धामा थिए ।
अध्यक्ष पदका लागि ११ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए। तीमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पण्डितसहित नरेशकुमार पौडेल र निशा अधिकारीलाई अन्तिम तीन प्रतिस्पर्धीका रूपमा छनोट गरेकोमा क्याविनेटले पण्डितलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्डमा बक्सअफिस प्रणाली लागू गर्ने प्रक्रियामा समेत संलग्न रहेका पण्डितले यसअघि बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलको कार्यकालमा बक्सअफिस सफ्टवेयर भित्र्याउन भूमिका खेलेका थिए।





























