बिज्ञापन
नेपाल टेलिकमसहित आधा दर्जन इन्टरनेट सेवा प्रदायक कारबाहीमा परेका छन् । अनुमतिबिना इन्टरनेट प्याकेज सञ्चालन गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले ६ सेवा प्रदायकलाई ५० हजार रुपैयाँको दरले जरिवाना गर्ने निर्णय गरेको छ । जसमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम), आई जोन प्रालि, चित्रवन युनिक नेट प्रालि, स्काइ ब्रोडब्याण्ड प्रालि, सजिलो नेट प्रालि र कनेक्ट नेपाल नेटवर्क प्रालि रहेको छ ।
बिज्ञापन
अनुमतिपत्रको शर्तविपरीत कार्य गरेकाले ‘दूरसञ्चार ऐन, २०५३’ को दफा ४७९१० बमोजिम जरिवाना तिराउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तत्काल ती प्याकेज बन्द गर्न निर्देशन दिएको छ । त्यसैगरी, त्यस्ता कार्यबाट नोक्सानी खेपेका ग्राहकले माग गरेको खण्डमा क्षतिपूर्तिसमेत दिलाइने जानकारी दिइएको छ । इन्टरनेट सेवा प्रदायकले कुनैपनि प्याकेज सञ्चालन गर्दा प्राधिकरणबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था छ ।
अनुमति नलिनेलाई प्राधिकरणले कानुनबमोजिम जरिवाना तिराउँदै आएको छ ।
बिज्ञापन





























