सरकारी कर्मचारीलाई आधारभूत जीवन रक्षासम्बन्धी तालिम

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु, काठमाडौंले सरकारी कर्मचारीहरूमा आकस्मिक अवस्थामा जीवन रक्षा गर्न आवश्यक ज्ञान, सीप तथा व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आधारभूत जीवन रक्ष सम्बन्धी पहिलो चरणको तालिम सम्पन्न गरेकोछ।

बिज्ञापन

आकस्मिक अवस्थामा हृदयघात, श्वासप्रश्वास अवरुद्ध हुने अवस्था लगायतका घटनामा तत्काल र सही तरिकाले सिपीआर तथा अन्य जीवनरक्षा सहायता प्रदान गर्न सक्ने जनशक्ति तयार गर्ने तालिमको मुख्य उद्देश्य रहेको छ।

बिज्ञापन

नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अन्तर्गत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट अघि सारिएका दश प्राथमिकतापूर्ण कार्यमध्ये सबै सरकारी कार्यालयबाट कम्तीमा एक जना कर्मचारीलाई आधारभूत जीवन रक्षा सम्बन्धी तालिम प्रदान गर्ने योजना अनुरुप यो तालिम संचालन गरिएको छ ।

सोही योजनाअनुसार पहिलो चरणमा विभिन्न मन्त्रालय, सरकारी कार्यालय, विभाग तथा निकायबाट कार्यालय सहयोगी, पि एस ‍ओ राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार), राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) वा सो सरहका कर्मचारी, अधिकृत स्तरका ९६ जना कर्मचारीलाई तालिम प्रदान गरिएको थियो । तालिममा सहभागीहरूलाई आकस्मिक अवस्थामा प्राथमिक जीवनरक्षा सहायता प्रदान गर्न आवश्यक सैद्धान्तिक ज्ञानका साथै कार्डियोपल्मोनरी रिससिटेसन, श्वासनलीमा अवरोध व्यवस्थापन तथा अन्य आधारभूत जीवनरक्षा सीपहरूको व्यावहारिक अभ्यास गराइएको छ ।

बिज्ञापन

आकस्मिक स्वास्थ्य घटनामा स्वास्थ्य संस्थामा पुग्नुअघि नै उपलब्ध जनशक्तिबाट समयमै जीवनरक्षा सहायता प्रदान गर्न सकिएमा बिरामीको जीवन बचाउने सम्भावना उल्लेख्य रूपमा बढ्ने भएकाले सरकारी कर्मचारीहरूमा समेत यस्ता सीपको विकास महत्वपूर्ण मानिएको छ।राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका सिप विकास शाखाका प्रमुख डा भक्तबहादुर केसीले अनुसार आगामी दिनमा थप व्यक्तिहरुलाई समेत तालिम प्रदान गर्ने योजना रहेको बताए । यदि वेहोस भएको अवस्थामा सिपिआर दिन सकियो भने उक्त व्यक्ति वाँच्न सक्ने सम्भावना ३ गुणाले बढ्ने बताइएको छ ।

डा केसीका अनुसार नेपालमा नसर्ने रोगहरूको बोझ बढ्दै गएको छ र देशमा हुने कुल मृत्युमध्ये करिब ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ। यसका साथै सडक तथा अन्य दुर्घटना, चोटपटक, डुब्ने अवस्था, खाना वा अन्य वस्तु घाँटीमा अड्किने अवस्था तथा अचानक हुने कार्डियाक अरेस्टजस्ता आकस्मिक घटनाहरू पनि जीवनका लागि गम्भीर जोखिमका रूपमा रहेका छन्। यस्ता अवस्थामा अस्पताल पुग्नुअघि नै प्रभावकारी प्रि(हस्पिटल केयर तथा प्राथमिक जीवनरक्षा सहायता उपलब्ध गराउन सकेमा धेरैको जीवन बचाउन सकिन्छ। विशेषगरी, कुनै व्यक्तिलाई अचानक कार्डियाक अरेस्ट भएको अवस्थामा तत्काल कार्डियोपल्मोनरी रिससिटेसन सुरु गर्न सकेमा जीवन बचाउने सम्भावना बढ्छ। यस कार्यक्रमले सरकारी कार्यालयहरूमा आकस्मिक स्वास्थ्य अवस्थाको प्रारम्भिक व्यवस्थापन गर्न सक्ने जनशक्ति विकास गर्नुका साथै जीवनरक्षा सीपलाई सरकारी सेवाको कार्यसंस्कृतिको अभिन्न अंगका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सो तालिमको माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताज्यूले प्रत्यक्ष अवलोकन गरी राम्रो कामको शुरुवात गरेकोमा धन्यवाद दिदै यसलाई व्यापक रुपमा अगाडी बढाउन मार्गदर्शन दिनु भएको छ। त्यसै गरी स्वास्थ्य सेवा विभागका महानिर्देशक डा कृष्ण प्रसाद पौडेलले यसलाई थप व्यापक रुपमा लैजान थप योजना बनाएर लिनु पर्ने वताउनु भएको छ भने र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा प्रकाश प्रसाद शाहले आफू थप तयारी गरिरहेको बताउनु भएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष