मधेश प्रदेश सरकारले १८ जना कर्मचारीको सरुवा,पदस्थापन तथा कामकाजमा खटाएको छ । सरुवाको सूची अनुसार नवौं तहका एक,आठौं तहका एक, सातौं तहका सात जना,छैंटौं तहका पाँच जना,चौंथौं तहका तीन र पाँचौं तहका एक जना रहेका छन् । सूची अनुसार,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रशासन सेवा सामान्य प्रशासनका विपिन कुमार ठाकुरलाई प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय,मधेश प्रदेशमा खटाइएको छ
बिज्ञापन
त्यस्तै, अधिकृत सातौँ तहका रामजीवन महत्तोलाई यातायात कार्यालयबाट शिक्षा तथा संस्कृति मन्त्रालयमा खटाएको छ । सरुवा सूची अनुसार,सातौं तहका ओम प्रकाश बास्कोटालाई श्रम तथा यातायात मन्त्रालय अन्तर्गत पठाएको छ । यस्तै,मो नासेद हुसेनलाई दरबन्दी रहेकै कार्यालय प्रदेश नीति तथा योजना आयोगमा खटाएको छ । सरुवाको लिष्ट अनुसार,सुनिल विक्रम थापालाई भूमिबाट श्रम तथा यातायात कार्यालय,विष्णुहरी ढुंगेललाई डिभिजन वन कार्यालय हेटौंडा,प्रदेश नीति तथा योजना आयोगमा कार्यरत रहेका राम रोशन यादवलाई स्वास्थ्य कार्यालय,पर्सामा खटाइएको छ । यस्तै,विजयकुमार यादवलाई कृषि ज्ञान केन्द,सिराहामा पठाइएको छ । मधेश प्रदेशले सातौं तहका सात जनाको सरुवा गरेको छ ।
यस्तै छैटौं तहका संजिवकुमार रायलाई मुख्यन्यायधिवक्ताको कार्यालयमा खटाएको छ । कार्यालयले पाँचौं तहको रुबी मेहत्तालाई वन तथा वातावरण मन्त्रालय,रमेश कुमार दासलाई आम सञ्चार प्राधिकरण,रामवरण यादवलाई श्रम तथा यातायात मन्त्रालय अन्र्तगत खटाएको छ ।
सिमा यादवलाई खेलकुद मन्त्रालय,सविन्द्र यादवलाई गृह तथा सञ्चार,जीवनकुमार साहलाई श्रम,सरोजकुमार महत्तोलाई वन र विनिताकुमारी मल्लिकलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयमा खटाएको छ ।
बिज्ञापन
प्रदेश नीति तथा योजना आयोग, डिभिजन वन कार्यालय, स्वास्थ्य कार्यालय तथा कृषि ज्ञान केन्द्रलगायतका निकायमा खटाउने प्रस्ताव छ। यसैगरी सहायक चौथोरपाँचौँ र अधिकृत छैटौँ तहका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा सरसफाइसम्बन्धी निकायमा खटाउने विवरणमा उल्लेख छ।





























