दरबन्दी कटौतीको मार : रोकियो अधिकृत तहको विज्ञापन

मधेस प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत अधिकृत सातौँ र आठौँ तहका पदमा विज्ञापन प्रकाशन गर्ने प्रक्रिया स्थगित गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त पदपूर्तिका लागि माग नपठाएपछि आयोगले निर्धारित समयमा विज्ञापन खुलाउन नसकेको हो ।

बिज्ञापन

मधेश प्रदेश लोकसेवा आयोगका अनुसार वार्षिक कार्यतालिकाअनुसार असोज महिनाको अन्तिम बिहीबार अर्थात् असोज २९ गते अप्राविधिक र प्राविधिकतर्फका अधिकृत पदको विज्ञापन खुल्नुपर्ने भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त पदपूर्तिका लागि माग नपठाएपछि आयोगले विज्ञापन प्रकाशन गर्न नसकेको हो।

बिज्ञापन

मुख्यमन्त्री कार्यालयले असोज २३ गते आयोगलाई पत्र पठाउँदै प्रमुख सचिवको संयोजकत्वमा साउन ११ गते बसेको सचिव बैठकको निर्णय उद्धृत गरेको छ। बजेट वक्तव्यको बुँदा नम्बर १०९ लाई आधार मान्दै पत्रमा ‘कर्मचारी दरबन्दी कम्तीमा १५ प्रतिशत कटौती गर्नुपर्ने भएकाले ओएण्डएम सर्वेक्षण नसकिन्जेल नयाँ पदपूर्ति र बढुवा रोक्का गरिएको’ उल्लेख छ।
आयोगको प्रदेश निजामती सेवा ऐन, २०७७ को व्यवस्थाअनुसार मुख्यमन्त्री कार्यालयले निर्धारित समयमै रिक्त पदको विवरण आयोगलाई पठाउनुपर्छ। तर कार्यालयले सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणको कारण देखाउँदै तत्काल कर्मचारीको माग पठाउन नसकिने जानकारी आयोगलाई गराएको थियो । मधेस प्रदेश सरकारअन्तर्गतका निकायहरूको ओएण्डएम कार्य सम्पन्न भई नसकेकाले तत्काल कर्मचारी माग गर्न नसकिएको मुख्यमन्त्री कार्यालयले स्पष्ट पारेसँगै प्रदेश लोकसेवा आयोगले एक सूचना जारी गर्दै कार्यतालिकामा निर्धारित सातौं र आठौं तहका अधिकृत तहको विज्ञापन हाललाई हुन नसकेको जानकारी सम्पूर्ण सरोकारवालालाई गराएको छ। कर्मचारी दरबन्दी पुनरावलोकनको प्रक्रिया पूरा भएपछि मात्रै नयाँ विज्ञापनको बाटो खुल्ने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष