प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहत व्यवस्थापनलगायत नियमित प्रशासनिक र नीतिगत विषयमा छलफल हुने बताइएको छ।
बिज्ञापन
बैठकबाट केही महत्वपूर्ण प्रशासनिक निर्णयसमेत हुने सम्भावना छ। विशेषगरी रिक्त सचिव पदमा बढुवाको निर्णय आजै हुन सक्ने स्रोतले जनाएको छ।
बिज्ञापन
सचिव बढुवाका लागि सिफारिस सूचीमा पहिलो नम्बरमा रहेका श्रीकृष्ण नेपाल उमेरहदका कारण अवकाशमा गइसकेका छन्। त्यसपछि दोस्रो नम्बरमा रहेका नारायण भट्ट र तेस्रो नम्बरमा रहेका विनोद कुँवरमध्ये नारायण भट्टलाई सचिवमा बढुवा गर्ने सम्भावना बलियो रहेको स्रोतको दाबी छ।
बढुवा सिफारिसमा पहिलो नम्बरमा रहेका नेपाल अवकाशमा गएपछि दोस्रो नम्बरमा रहेका भट्ट सचिव बन्ने बाटो खुलेको हो। यद्यपि अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ।
आजको बैठकले सचिव बढुवासँगै अन्य कर्मचारी व्यवस्थापन, प्रशासनिक नियुक्ति तथा नियमित नीतिगत प्रस्तावमा समेत निर्णय गर्ने अपेक्षा गरिएको छ।





























