प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

सरकारले २७ जना सहसचिवहरुको सरुवा गरेको छ । गत भदौं तीनको मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवाका २३,नेपाल कृषि सेवाका एक,नेपाल इन्जिनियरिङ सेवाका २ जना गरी २७ जनाको सरुवा गरिएको हो । सरुवाको सूची अनुसार,अख्तियारबाट निमित्त सचिव पद्य कुमार मैनालीलाई पूर्वाधार विकास मन्त्रालय,पूर्वाधार मन्त्रालयबाट रामहरि पोखरेललाई अख्तियार,उद्योगबाट हुमकला पाण्डेलाई खाद्य स्वच्छता मन्त्रालय,वेद प्रसाद खरेलललाई भूमि व्यवस्था मन्त्रालयको अतिरिक्त समूह,कर्णाली प्रदेशका सचिव विपिन आचार्यलाई महिला बालबालिका मन्त्रालय,अख्तियारबाट नारायण प्रसाद रेग्मीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

बिज्ञापन

यस्तै,राजन पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,राजेन्द्रदेव पाण्डेलाई अर्थ मन्त्रालय,वेद प्रसाद भण्डारीलाई अख्तियारबाट अर्थ,स्वास्थ्य मन्त्रालयबाट गोविन्द अधिकारीलाई अख्तियार,पूर्वाधार मन्त्रालयबाट रुद्र पण्डितलाई रक्षा मन्त्रालयमा पठाइएको छ ।

बिज्ञापन

यस्तै,लुम्बिनी प्रदेशबाट युगराज पाण्डेलाई भूमि मन्त्रालय (अतिरिक्त),प्रधानमन्त्री कार्यालयबाट केशवराज सुवेदीलाई राष्ट्रिय तथ्यांक,नवराज ढकाललाई युवा तथा श्रम,महिला मन्त्रालयबाट संगीता ओझालाई सुदूरपश्चिम प्रदेश,विष्णु कोइरालालाइ सञ्चार,तुलसी गौतमलाई भूमि व्यवस्था (अतिरिक्त),संजीवकुमार कर्णलाई खाद्य स्वच्छता मन्त्रालय,हेमराज भुसाललाई उपराष्ट्रपतिको कार्यालय,जय कुमार घिमिरेलाई भूमि,नारद गौतमलाई प्राकृतिक स्रोत वित्त आयोग,बाबुराम भण्डारी रक्षा,नीता शर्मा कोशी प्रदेश,सुनिता नेपाल अख्तियार,दिवस आचार्यलाई कोशी प्रदेश,रामबाबु कुरुवाङलाई कर्णाली प्रदेश,हेमराज रेग्मीलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

शिक्षा विद्येयकको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल

लामिछानेको चीन भ्रमण अन्तिम समयमा स्थगित

काठमाडौंका होस्टेलहरूलाई एक महिने अल्टिमेटम, प्रशासनको २१ बुँदे कडा निर्देशन

बिशेष