पक्राउको तयारीबीच सुदूरपश्चिमका सचिव दाहाल सम्पर्कविहीन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन दाहाल सम्पर्कविहीन भएको जानकारी बाहिरिएपछि प्रशासनिक वृत्तमा तरंग पैदा भएको छ। स्रोतका अनुसार उनी बिहीबारदेखि सम्पर्कमा नरहेका छन् र उनको अवस्थाबारे जानकारी जुटाउन सुरक्षा निकाय परिचालित भएका छन्।

बिज्ञापन

दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको बिमा कसुरसम्बन्धी मुद्दापछि उनी सम्पर्कविहीन बनेको बताइएको छ। सरकारी स्रोतहरूका अनुसार उनीमाथि पक्राउ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेका बेला सम्पर्क टुटेको हो। यद्यपि सुरक्षा निकायले औपचारिक रूपमा उनको अवस्थाबारे कुनै विवरण सार्वजनिक गरेका छैनन्।

बिज्ञापन

विशेष सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष दाहालसहित ४३ जनाविरुद्ध बिमा ऐन, २०७९ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको छ। अभियोगपत्रमा नियामकीय अधिकारको दुरुपयोग, कानुनविपरीत निर्णय तथा कार्यबाट हानी–नोक्सानी पुर्‍याएको आरोप लगाइएको छ। सोही मुद्दामा तत्कालीन अध्यक्ष शरद ओझासमेत प्रतिवादी बनाइएका छन्।

अदालतमा दायर अभियोगअनुसार प्रतिवादीहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ५७ अनुसार पक्राउ पुर्जी जारी गर्न अनुमति माग गरिएको छ। अभियोगपत्रमा बिमा क्षेत्रको नियमन तथा निर्णय प्रक्रियामा गम्भीर अनियमितता भएको दाबी गरिएको छ भने केही प्रतिवादीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपसमेत लगाइएको छ।

बिज्ञापन

दाहाल नेपाल सरकारका अनुभवी सहसचिवमध्ये एक मानिन्छन्। अर्थ मन्त्रालयमा कार्यरत रहँदा उनले नेपाल बिमा प्राधिकरणको नेतृत्व सम्हालेका थिए। त्यसपछि आन्तरिक राजस्व विभागको महानिर्देशक, वैदेशिक रोजगार विभाग तथा राजस्व अनुसन्धान विभागजस्ता प्रभावशाली निकायको नेतृत्वसमेत गरेका थिए। पछिल्लो समय बिमा प्राधिकरणसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि उनलाई संघीय सरकारबाट सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको थियो।

उनीसँगै सरुवामा परेका केही अन्य उच्च अधिकारीहरूलाई भने हालसम्म अनुसन्धानको दायरामा नल्याइएको विषयले समेत प्रशासनिक क्षेत्रमा विभिन्न प्रश्न उठ्न थालेका छन्। यद्यपि अनुसन्धान निकायहरूले कसको भूमिका कति गम्भीर छ भन्ने आधारमा मात्रै कानुनी प्रक्रिया अघि बढाइएको दाबी गर्दै आएका छन्।

दाहाल सम्पर्कविहीन बनेपछि उनी स्वेच्छाले सार्वजनिक हुनेछन् वा सुरक्षा निकायले नियन्त्रणमा लिनेछ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ। मुद्दा अदालतमा प्रवेश गरिसकेको अवस्थामा उनको अनुपस्थिति र खोजी प्रक्रिया आगामी दिनमा थप महत्वपूर्ण बन्ने देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४० हजार घुससहित पक्राउ परे नासु

सरकारका सह सचिव बेपत्ता

विदा लिएर कहाँ हराए ५२९ कर्मचारी ? सरकारी अभिलेखमै भेटिए गम्भीर प्रश्न

करारका अमिनसँग १ करोड १२ लाख अवैद्य आम्दानी,तोकियो एक बर्ष कैद

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

चार डीआइजीको सरुवा

तीन हजार युवायुवतीलाई सरकारी इन्टर्नशिप,तयार हुँदै सेवा प्रवाह सहजकर्ताको मस्यौदा

कीर्ते कागजात र विदेशीलाई अध्ययन भिसा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति

बिशेष