नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । मोरङको रतुवामाई नगरपालिका १ सोनापुरस्थित सीमा नाकामा सीमा सुरक्षा गुल्म बरडंगाबाट खटिएका सहस्त्र प्रहरी हबलदार युवराज तामाङमाथि आक्रमण भएको हो ।
बिज्ञापन
आज बिहान ५ बजे ४ जनाको सुरक्षा गस्ति टोलीलाई पोष्ट भन्दा ७ सय मिटर पूर्वमा रहेको सहायक सिमा स्तम्भ नं. १५७/१ नजिक भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको २ वटा साईकलमा नेपालतर्फ ल्याउदै गरेको धान नियन्त्रण लिन खोज्दा तस्कर र प्रहरी बिच ववाद भएको थियो ।
बिज्ञापन
रतुवामाई-१ सोनापुर बस्ने सदिल मियाँको छोरा अन्दाजी बर्ष ३५/४० का साबर मियाले ढुङ्गगा प्रहार गर्दा सशस्त्र प्रहरी हवालदारको टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाईते भएको र निजलाई अस्पतालमा उपचार भईरहेका लागि लगिएको प्रहरीले जनाएको छ।
ढुङ्गा हान्ने तस्कर/ब्यक्ति फरार रहेको हुदा उनको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।
बिज्ञापन
तस्कर समूहले ड्युटीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको यो नै पहिलोपटक भने होइन । यसअघि पनि नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सशस्त्र प्रहरीमाथि तस्कर समूहबाट आक्रमण हुँदै आएको छ ।
सीमाबाट हुने तस्करी रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई करिब १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा फैलिएको नेपाल–भारत सीमामा काम गर्नु चुनौतीपूर्ण रहेको छ । नेपालमा सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले पाएको छ ।
सीमा सुरक्षा र सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्नु सशस्त्रको दायित्व हो । आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा कानुन पालना गर्नु सशस्त्रको दायित्व हो । त्यसैले, सीमा क्षेत्रका तस्करहरूका लागि सशस्त्र प्रहरी टाउको दुखाइको विषय बनेको छ ।