महालक्ष्मी विकास बैंकद्वारा कर्जाबारे साक्षरतामूलक भिडियो सार्वजनिक

महालक्ष्मी विकास बैंकले कर्जाबारे प्रभावकारी वित्तीय साक्षरतामूलक भिडिओ सार्वजनिक गरेको छ ।

बिज्ञापन

नबुझी कर्जा लिँदा भविष्यमा आइपर्ने सम्भावित जोखिमबाट बच्न र ऋणीको बैंकसँगको साझेदारी मजबुत बनाउन भिडियोले योगदान दिनेछ । कर्जा सम्वन्धी जानकारी दिन बैंकिङ्ग क्षेत्रमा पहिलो साक्षरता भिडिओ बनाएको बैंकको दावी छ ।

बिज्ञापन

उक्त भिडियोमा बैंकबाट कर्जा लिँदा धेरै सम्भावनाहरू खुल्ने र सम्भावनाहरूसँगै ठूलो जिम्मेवारी पनि बेहोर्नुपर्ने अवस्थाको जानकारी दिइएको छ । बैंकबाट प्राप्त गरेको कर्जा रकमको सही सदुपयोग गर्नु अत्यावश्यक रहेको बताइएको छ ।

भिडिओमा शिक्षा, व्यवसाय जुन उद्देश्यका लागि कर्जा लिइएको हो सोही कामका लागि मात्र प्रयोग गर्न भनिएको छ ।बैंकले समयमै कर्जा भुक्तानी गर्नू केबल जिम्मेवारी मात्र नभएर भविष्यका लागि एक कदम हो भन्दै कर्जाको किस्ता समयमै नतिर्दा जरिवाना लाग्ने र अर्को पटक कर्जा पाउने अवसर पनि कम हुने बताएको छ । समयमै किस्ता तिर्दा बैङ्कसँगको सम्बन्ध राम्रो बन्ने र आवश्यकताको समयमा बैंकले सहयोग गर्ने कुरा भिडिओमा भनिएको छ ।

बिज्ञापन

बैंकले समयमै कर्जा तिर्दा केन्द्रीय बैंकले प्रदान गर्ने विभिन्न सहुलियत पनि प्राप्त गर्ने भन्दै सबै कर्जावालहरूलाई कालो सूचिमा पर्ने सम्भावनाबाट टाढा रहन आग्रह गरेको छ ।

समयमै कर्जा नतिर्ने कर्जावालहरूका लागि भविष्यमा कर्जा र अन्य वित्तीय अवसरका ढोकाहरू बन्द हुने बताएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

बिशेष